धरान विशेष

खानेपानीको पुरानै दर यथावत राख्ने सहमती, आन्दोलन स्थगित

धरान खानेपानी व्यवस्थापन बोर्ड र दश दलीय संयुक्त सङ्घर्ष समिति बिच आज आइतबार भएको बर्तामा दुवै पक्ष पुरानै दर यथावत् राख्नेमा सहमत भएका छन् ।

नेपाल सरकार खानेपानी महशुल निर्धारण आयोगको स्वीकृति नआए सम्म बोर्डले वृद्धि गरेको शुल्क र महशुल स्थगित गरी पुरानै सेवा शुल्क र महसुलको दर यथावत् राखिएको हो ।

अबेर साँझ सम्म चलेको वार्तापछि भएको निर्णय नं १ मा भनिएको छ ‘खानेपानी तथा सेवा महशुल निर्धारण आयोगलाई लिखित पत्र पठाई जवाफको आधार मानी जवाफ नआइन्जेल सम्म पुरानै दर महशुल यथावत् राखी पुनर्विचार गर्ने निर्णय गरियो ।’

यस्तै निर्णय नं २ मा ‘धरान खानेपानी व्यवस्थापन बोर्डको पूर्णताको विषयमा यो विषय सम्मानित उच्च अदालतमा विचाराधीन रहेको हुनाले सम्मानित अदालतको आदेश प्राप्त भएपछि सोही अनुसार हुने निर्णय गरियो ।’ भनिएको छ ।

निर्णय नं ३ मा भनिएको छ ‘धरान खानेपानी बोर्डको आय व्यय विवरण ७ (सात) दिन भित्र सार्वजनिक गर्ने निर्णय गरियो ।’ आयव्ययको विवरण आर्थिक वर्ष २०७९/०८० र आर्थिक वर्ष २०८०/०८१ को भनी माइन्युटमा उल्लेख छ ।

वार्तामा खानेपानी व्यवस्थापन बोर्ड अध्यक्ष तथा नगर प्रमुख हर्क साम्पाङ, उपप्रमुख अइन्द्रविक्रम बेघा, वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई दलहरूबाट नेपाली काँग्रेसका श्याम पोखरेल, नेकपा एमालेका हर्कजंग एभेङ, नेकपा माओवादीका चोत्लुङ, जसपाका सुमन चेम्जोङ, नेकपा एसका रेवतीरमण राई, रास्वपाका ठाकुरबहादुर कार्की, नागरिक उन्मुक्ति पार्टीका अमर इजम, सलोराम सङ्घीय लिम्बुवानका मोहनकुमार तिगेला, राष्ट्रिय साझा पार्टीका भूपी कोयु, सहभागी थिए ।

वार्तामा इलाका प्रहरीका धरानका डिएसपी मानबहादुर राई, सशस्त्र प्रहरीका डिएसपी हेम पौडेल, वडा १७ का अध्यक्ष मनोज भट्टराई, पत्रकार महासङ्घ सभापति जनकऋषि राई र खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेल उपस्थित थिए ।

वार्ता टोलीका सदस्य माओवादी केन्द्रका चोत्लुङका अनुसार सहमति भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन।

सहमती पछि आन्दोलनरत पक्षलाई सम्बोधन गर्दै मेयर हर्क साम्पाङले आफुले रहरले खानेपानीको महशुल नबढाएको विदेशी ॠण तिर्नु पर्ने बाध्यता भएकोले महशुल बढाउने निर्णय गरेको ॠण तिर्ने अन्य आयोजनाहरु मिलेर अगाडि बढने सहमती भएको बताएका छन।

भिडियो हेर्नुस:

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।