
धरान १ स्थित उधोग बाणिज्य संघको सभाहलमा मारवाडी महिला मञ्चले भब्यताका साथ कार्यक्रम गरेका थिए। कार्यक्रममा बिभिन्न परम्परागत नृत्य तथा गीत प्रस्तुत भएको थियो । मञ्चकी अध्यक्ष रेखा अग्रावालको अध्यक्षतामा कार्यक्रम भएको थियो।
आउँदै गरेको हरितालिका तीज पुर्ब नै मारवाडी समुदायले साउन माहिनामा नै मनाईने गरिएको तीज पर्वको अवसरमा उक्त कार्यक्रम गरिएको मञ्चकि सचिब पुजा अग्रवालले जानकारी दिईन । उनले धरानका मारवाडी समुदायका महिलाले सामूहिक तीज’ मनाएको अग्रवालले बताईन ।
मारवाडी महिला मञ्च धरानकी अध्यक्ष रेखा अग्रवालको अध्यक्षता तथा नेपाल मारवाडी महिला मञ्चकी केन्द्रीय अध्यक्ष निर्मला जोशीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रमले सपन्न भएको थियो ।
उक्त कार्यक्रममा मारवाडी महिला मञ्च धरानकि पुर्वअध्यक्ष अनिता अटल, श्रीमती सुधा सोनी, आरती अग्रवाल,नम्रता अग्रवाल तथा कार्यक्रम सम्योजक श्रीमती नीति अत्रि नेपाल राष्ट्रिय मारवाडी महिला संगठनकि महासचिब श्रीमती अनुजी जैन लागयतको उपस्थित रहेका थियो ।
सोही कार्यक्रमको अवसरमा “बाँलीवुड तीज धमाका” प्रतियोगिताकी निर्णायक एबम कोरियोग्राफर संगीता प्रधान, नेपाल महेश्वरी महिला संगठन नेपालकि अध्यक्ष एबम निर्णयक अनिता सोनी अन्य संग-संस्थाहरुका अध्यक्ष एवं पदाधिकारी, लगायत मारवाडी समाजका पुरुष, महिला र बालबालिका गरी करिब १८० जना को उपस्थिति रहेको थियो ।
कार्यक्रममा संस्थाको वार्षिक प्रगति विवरण साथै मारवाडी महिलाहरूले सामूहिक, एकल नृत्य तथा गीत, नाटक प्रस्तुत गरेका थिए । त्यसैगरी उक्त प्रतियोगीतामा बिजेता सीनियर र जुनियर तर्फ बिजेता बन्न सफल शीतल सोनी तथा शिवानी अग्रवाल द्वितीय हुन सफल प्रिती चौरड़िया र प्रिशा अग्रवाल तृतीय हुन सफल सीमा अग्रवाल र हर्षिता सुराना लाई पुरस्कर समेत प्रदान गरिइएको थियो । त्यस्तैगरि मारवाडी बुजुर्ग अर्थात ८० बर्ष माथिका महिलाहरुलाई सम्मान समेत गरीएको थियो जहाँ श्रीमती शान्ति देवीजी अग्रवाल, शान्ति देवीजी शर्मा, कमला देवीजी अग्रवाल, मुर्तिजी अग्रवाल, सुमित्रा देवीजी अग्रवाल, श्रीमती कमला देवीजी सुराना र श्रीमती शारदाजी अग्रवाल सम्मानित भएकी थिईन । नेपाली नारिहरुले मान्दै आएको हरितालिका तीज भने यस बर्ष आउँदो महिनाको भदौ ५ गते परेको छ ।
