राजनिती

ग्रीन एण्ड क्लीन धरान कार्यक्रम पुनः सञ्चालन गर्ने नेपाली काँग्रेस क्षेत्र न. १ सुनसरीको निर्णय

धरानः नेपाली कांग्रेस क्षेत्र नं. १ सुनसरीको बैठक सम्पन्न भएको छ । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकले धरान १७ पटनालीका लक्ष्मीराम कार्की र तारा खत्री तथा धरान ८ का ताइचिङ खवाहाङ लिम्वुलाई सदस्यमा मनोनित गर्दै क्षेत्रीय समिति विस्तार गरेको छ भने लिम्वुलाई सामाजिक सञ्जाल व्यवस्थापन तथा परिचालनको जिम्मेवारी समेत प्रदान गरेको क्षेत्रीय सहसचिव सुमित राईले बताएका छन् ।

उनका अनुसार बैठकले विष्णुपादुका र भेडेटार आसपास वृक्षरोपण गर्ने र गत वर्ष सञ्चालन गरिएको ग्रीन एण्ड क्लीन धरान कार्यक्रम यस वर्ष पनि सञ्चालन गर्ने निर्णय गरेको छ । वृक्षरोपणका लागि क्षेत्रीय सभापति सुजेन्द्र तामाङ कै संयोजकत्वमा क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, क्षेत्रीय सहसचिव सुमित राई, क्षेत्रीय सदस्यद्धय शिखा चेम्जोङ, कविता लिम्वु र प्रदेशसभा १(१) कोषाध्यक्ष रविना सुब्बा गुरुङ सदस्य रहेको व्यवस्थापन समिति र स्थानीय नेता तथा जनप्रतिनिधि वडा सदस्य देवेन्द्र राईको संयोजकत्वमा तयारी, रेखदेख तथा समन्वय समिति समेत गठन गरेको छ ।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३