शनिबार धरान रंगशालामा कन्दरा ब्याण्डले आफ्नो नयाँ टिम सहित कन्दरा लाईभ इन धरान सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिनेछ ।
कन्दरा ब्याण्डमा अहिले गायक विवेक श्रेष्ठ र सुनिल थापासंगै, नेपालमै पहिलो पटक जिप्सीज्याज म्युजिक भित्राएका हरि महर्जन, पछिल्लो पुस्ताका चर्चित गितार वादक देव लामा, वेस गितारमा पङ्कज झा, ड्रमसेट र मादल (प्रक्रिउजन) मा विज्ञ सुन्दर महर्जनको टिमअप रहेको छ।
सातै प्रदेशको मुख्य शहरहरुमा कन्सर्ट आयोजना गर्ने पहिलो लक्ष्य अनुरुप धरानमा कन्दराको यो टिमअपको दोस्रो कन्सर्ट रहेको छ। यसपछि चितवन , सुर्खेत , नेपालगंज , बुटवल , जनकपुर , काठमाडौँ लगायतका प्रमुख शहरहरु संगै नेपालका कुनाकन्दरा लगायतका सम्पूर्ण ठाउँमा आफ्नो कन्सर्ट लिएर जाने योजना रहेको कन्दराका मुख्य गायक बिबेक श्रेष्ठले बताए।
कन्दरा ब्याण्डको ‘लेककी हे माया,’ तगारोमा रुमाल राखी,’ जिन्दगी उत्सव हो’, ‘हङकङ पोखरा’, ‘चञ्चले कान्छीको जोवन ’ ‘लेककी हे माया,’ ‘तिमी पारी त्यो गाउँमा ,’ ‘विदेशीएर गइन उनी’भेंडीगोठैमा , प्रियसीको कल्पनामा बिश्वासको दियो लगायतका थुप्रै पुराना चर्चित गीतहरु संगै नयँ गीत ‘विचरा म लगायतका गीतहरु कन्दरा लाइभ इन धरान कन्सर्टको पुरा समय कन्दरा ब्याण्डले पस्केर धराने दर्शकहरुलाई मनोरन्ज दिने आयोजक सिल्भर ईन्टरटेन्टमेन्टलेका प्रमुख सौरभ श्रेष्ठले जानकारी दिए ।