धरान-५ देउराली स्थित डि. पि. विलिभर्स इङलिस स्कुलमा सोमबार एक दिवसिय अभिभावक सेमिनार सम्पन्न भएको छ।
स्कुलका प्राचार्य सन्जीप वान्तवा राईको अध्यक्षतामा भएको सेमिनारमा करिब ८० जना अभिभावकहरुको उपस्थिति रहेको थियो। सेमिनारमा बिशेष अतिथी गोविन्द राई, अतिथि अराईज एंड साइन नेपालका कार्यकारी निर्देशक योहोशु सुब्बासोङ्ग लिम्बु लगायतको उपस्थिति रहेको थियो।
वर्तमान परिवर्तनसिल समाजमा अभिभावकहरुले सामना गर्नुपर्ने बिविध चुनौतिहरुबारे छलफल र अन्तरक्रिया गर्ने उद्देश्यले सेमिनार आयोजना गरेको स्कुलका प्रीन्सिपल बान्तवाले बताउनुभयो ।
सेमिनारका प्रमुख बक्ता योहोशु सुब्बासोङ्ग लिम्बुले किशोर-किशोरीहरुको आवश्यकताहरु सम्बन्धित दुई सत्रमा अभिभावकहरुसंग अन्तरक्रिया गर्नुभएको थियो। अराईज एंड साइन नेपालका राधिका लामा र प्रमिला सुनुवारले अभिभावकहरुलाई खेलहरु खेलाउनु भएको थियो ।
स्कुलका सह प्राचार्य कुर्मित बान्तवा (लेप्चा) ले अभिभावक र अराईज एंड साइन नेपालको टोलीलाई मायाको चिनो प्रदान गरि धन्यवाद ज्ञापन गर्नु भयो।
कार्यक्रम शिक्षक बिरेन्द्र लिंग्देंले संचालन गर्नु भएको थियो।