नेपालमा अहिले फागुन, चैत्र महिनाको समयमा प्याजको खुद्रा मूल्य २५ देखि ३० रुपैयाँ प्रति के.जी. हुनुपर्ने बेलामा तर अहिले प्रदेश नम्बर १ को मोरङ्ग जिल्ला बिराटनगर रानी भन्सार निकट पर्ने सुनसरी जिल्लाको धरानमा ९० देखि १ सय रुपैयाँ प्रति के.जी. मुल्यमा प्याज विक्रि वितरण भई रहेको अवस्था छ ।
यसप्रकार यो समयमा प्याजको मुल्यमा अत्यधिक हुनुको कारण धरान- १३ स्थित कृषि उपज बजार व्यवस्थापक लक्ष्मण भट्टराईको भनाईमा करिब ६, ७ महिना अगाडि भारतको केहि स्थानमा एक्कासि हावाहुरी बतास सहितको पानी पर्नाले फलेको प्याज नष्ट भई उत्पादनमा समेत कमि आएको जानकारीसँगै भारतबाट नेपालमा तात्कालिन समयमा आयत हुने प्याजमा ४० प्रतिशत भन्सार शुल्क तिर्नुपर्ने हुँदा त्यो समयमा नेपाली बजारमा प्याजको मूल्य अत्यधिक बढेको थियो । फेरि पछि करिब २ महिना अगाडि भारतमा प्याजको उत्पादन अत्यधिक भएपछि भारतबाट नेपालमा प्याज आयत हुने सहज हुने अवस्थामा फेरि नेपाल सरकारले भारतबाट प्याज नेपालमा भित्र्याउन पुर्ण रोक लगायो ।
व्यवस्थापक भट्टराईको थप जानकारी अनुसार करिब २ महिना अगाडिदेखि भारतबाट प्याज चोरि पैठारीको रुपमा विना विल व्यापारिहरुले बजारमा प्याज ल्याउनाले अहिले प्याजको मुल्यमा धरानका उपभोक्ताहरुले तेब्बर मूल्य तिर्न बाध्य भएको बताउनु भयो ।
त्यसैगरी रानी भन्सारमा प्याजको चोरी पैठारीको गतिविधिबारे सोही भन्सारका एक स्थानीय धिरज सिंहसँग जानकारी लिदा नेपाल सरकारले प्याज आयतमा पुर्ण रोक लगाएता पनि दिन जोगबनी र रानी भन्सार आसपासका मानिसहरुको भारतबाट झोला – झोलामा प्याज बोकेर रानी भन्सारमा वारि ल्याएर थुपारेर बोरा बोरामा नेपालको स्थानीय बजारमा विक्रि वितरण गरेको देखिने बताउनु हुन्छ ।
यसरी करिबन २ महिनादेखि भारतबाट प्याज आयातमा नेपाल सरकारले पुर्ण प्रतिबन्ध लगाउँदा नेपाल सरकारको राजश्वमा प्रत्यक्ष कमि आऊनुको साथै सोही प्रतिबिम्बित प्याज चोरि पैठारीको रुपमा बजारमा आईपुग्दा यो समयमा भारतको बजारमा खुद्रा प्याज प्रति केजी २०/ २५ रुपैयाँमा पाई रहदा नेपाली बजारमा उपभोक्ताले तेब्बर मूल्य तिर्न बाध्य हुनुपर्ने धरान -३ पुरानो बजार स्थित भानु सब्जी तथा फलफुल व्यासायी समितिका सल्लाहकार एवं खुद्रा व्यावसायी धर्म राज तिमिल्सिनाको भनाइसँगै यसरी उपभोक्ताले प्याजमा तेब्बर मुल्य तिर्न बाध्य नगराउन नेपाल सरकारको सम्बन्धित निकायले प्याजमा भन्सार लिएर खुल्लारुपमा आयत गराईदिन आग्रह समेत गर्नु हुन्छ ।