राजनिती

सङ्घीय सरकार फेरिए पनि कोशी प्रदेश सरकारमा कुनै प्रभाव नपार्ने – मुख्यमन्त्री कार्की

दलहरूले गठबन्धन बदलेर सङ्घीय सरकार परिवर्तन भए पनि कोशी प्रदेश सरकारमा त्यसको कुनै प्रभाव नपर्ने मुख्यमन्त्री केदार कार्कीले दाबी गरेका छन् ।

मोरङको झोराहाटमा शुक्रवार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री केदार कार्कीले सार्वजनिक रूपमा त्यस्तो दाबी गरेका हुन ।

मुख्यमन्त्री कार्कीले संविधान अनुसार प्रदेश सरकार चल्ने बताउँदै भने ‘संविधान अनुसार बनेको सरकार हो, सरकार बन्दा पनि माथिको गठबन्धनसँग टेकेर बनेको थिएन र माथिको गठबन्धन तलमाथि हुँदैमा यो सरकार फेरिने पनि छैन ।’

कार्यक्रममा मुख्यमन्त्रीले नारदमुनि पवित्रादेवी लुइँटेल स्मृति कोषद्वारा आयोजित झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार सञ्चारकर्मी सुशीला पाठकलाई प्रदान गरे ।

छत्रपति लुइँटेल सेवा निवृत्त शिक्षक सम्मान अन्तरगत झोराहाट स्थित सरस्वती माविका पूर्व शिक्षक शिवनारायण चौधरी र हरिनारायण दासलाई गरियो ।

विद्यार्थीहरू दिनेश खत्री, दीपिका कुमारी कार्की, मल्लीका विश्वास, आरती सरदारलाई छात्रवृत्ति प्रदान गरियो ।
पुरस्कृतहरूलाई बधाई दिदैं उनले समाजमा योगदान पुर्याउनेहरु प्रतिको सम्मानले खुसी तुल्याएको बताए । भने ‘यो ज्ञान कक्षाकोठा बाहिरको ज्ञान हो जसले समाजका लागि सोचेर आज सम्मानित हुनुभएको छ ।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३