कोले न्युज: संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले मुलुकको अर्थतन्त्र सुधारिदै गएको बताएका छन।
मन्त्री किरातीले धरान एक्स्पो २०८०को उद्घाटन अघि पत्रकारसँग भएको भेटघाट कार्यक्रममा बिग्रिएको अर्थतन्त्रलाई सरकारले सुधार्ने काम गरेको बताउदै हिजोको भन्दा आज अर्थतन्त्र बलियो भएको दाबी गरे।
किरातीले अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याएर संवृद्धिको आधार तय गर्न सरकार कोशिसमा रहेको हिजोभन्दा आज अर्ततन्त्रको सुचक सृदृढ बन्दै गएको, आफूहरुमाथि परेको दबाब भने अन्त्य भइनसकेको बताए।
मन्त्री किरातीले अर्को प्रसंगमा शान्ति प्रक्रिया टुंगोमा पुर्याउने सरकारको लक्ष्य अनुरुप सबै पक्ष छलफलमा जुटेको र यसलाई निष्कर्षमा पुर्याउने सरकारको जोड रहेको बताए।
नेपाली काँग्रेसको महासमिति बैठकमा काँग्रेसका अधिकांश कार्यकर्ताले गठबन्धनबाट अलगिने प्रस्ताव अगाडि बढाइरहेका बेला मन्त्री किराँतीले भने गठबन्धनलाई अझ बलियो बनाउने र जनताप्रति उत्तरदायित्व वहनमा गम्भीर बन्ने बताउनु भयो । उहाँले राष्ट्रिय परिस्थितिलाई आत्मसात गरेर संघीय लोकतान्त्रिकको पक्षमा लड्ने् सबै शक्तिहरु एकै ठाउँमा उभिएर देशमा केही सन्देश दिँदै जनतालाई आशा जगाउनको लागि राष्ट्रिय सहमतिको सरकार बन्न सके जनताको लागि लाभदायक हुने तर्क राखे।
मन्त्री किराँतीले आजै सुनसरी उद्योग वाणिज्य सघको आयोजनामा धरान १६ रंगशालामा आजबाट शुरु भएको ‘धरान एक्स्पो २०८० ’ को समेत समुद्घाटन गरेका छन। किरातीले देशको आर्थिक सृदृढिकरणमा नीजि क्षेत्रले पुर्याएको योगदान अतुलनीय रहेको बताए।
आजबाट शुरु भई फागुन २३ गते सम्पन्न हुने सो एक्स्पोको उद्घाटनमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रविक्रम बेघा, व्यापारिक प्रतिष्ठानका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले स्थानीय स्तरमा रहेका उत्पादन, कृषि सामाग्रीको प्रवद्र्धन सँगै नेपाल लगायत विभिन्न देशका उत्पादन जानकारी दिन पनि धरान एक्स्पोको आयोजना गरिएको बताए।
धरान एक्स्पोले व्यवसायीहरुका हस्ताकला, वैज्ञानिक कृषि पद्धति, स्थानीय साधन स्रोतबाट उत्पादित वस्तुलाई प्राथमिकतामा राखेर निकासी र पैठारी गर्ने एक्स्पोको मुख्य उद्देश्य रहेको अध्यक्ष श्रेष्ठको भनाई थियो ।
एक्स्पोमा विभिन्न प्रकारका १ सय ५० भन्दा बढी स्थल रहेका छन् । एक्स्पोमा हरेक साँझ मनोरञ्जनात्मक साङ्गतिक कार्यक्रम, सांस्कृतिक प्रतियोगी आयोजना हुनेछ । हरेक दिन नेपालका चर्चित कलाकारहरूको कन्सर्ट आयोजना गरिने छ ।