राजनिती

धरान एक्स्पो व्यापार मेलाको गेटको व्यानरमा लेखिएको कोशी प्रदेश मेटाएको छ

कोले न्युज: धरान एक्स्पो व्यापार मेलाको प्रवेश गेटमा राखिएको व्यानरमा कोशी प्रदेश लेखिएको भन्दै पहिचानवादी नेता तथा कार्यकर्ताले बिरोध गरे पछि कोशी लेखिएको मेटाएको हो।

सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान १६ रगंशालामा आज देखि शुरु भएको धरान एक्स्पो २०८० कार्यक्रम स्थलको प्रवेशद्वारमा राखिएको स्वागतम गेटमा लेखिएको कोशी नहटाए कार्यक्रम हुन नदिने भन्दै कोशी प्रदेश पुन: नामाकरण विरुद्ध आन्दोलित संघर्ष समितीका नेता कार्यकर्ताहरुले नराबाजी गर्दै अबरोध गरे पछि कोशी लेखिएको मेटाए पछि उद्वाटन कार्यक्रम सुरु भएको थियो।

कोशी प्रदेश नामाकरणको बिषयमा प्रदेश सरकार र आन्दोलन पक्ष बिच वार्ता चलिरहेकाले नाम हटाउन दबाब दिएको संघर्ष समितीले जानकारी दिएको छ।

माघ २६ गते भएको सरकारी बार्ता समिती र पहिचान पक्षधर संयुक्त संघर्ष समिती बिच भएको पहिलो बार्तामा ५ बुँदे सहमती भएको थियो।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३