राजनिती

नेपाली काँग्रेस धरान -१५ वडा समितीद्वारा विद्मालय, धार्मिक स्थल र टोलहरुमा सरसफाई गर्दै

कोले न्युज: माघ २० गते शनिबार “समुदाय सँग काँग्रेस” अन्तर्गत नेपाली काँग्रेस धरान-१५ वडा समितीले समुदाय संग मिलेर वडामा रहेको विद्मालय, धार्मिक स्थल र टोलहरुमा सरसफाइ कार्यक्रम गरेको छ।

नेपाली काँग्रेस पार्टी बाट वाड न. १५ को लागी प्रतिनिधि गोविन्द दर्नालको संमयोजकत्वमा भएको सरसफाई कार्यक्रममा जिल्ला सह सचिव गणेश सुब्बा, नगर सद्स्य श्याम बहादुर राई, तरुण दल धरान नगर का. सभापती राम तामाङ,क्षेत्रीय प्रतिनिधिहरु र वडा समितीको सहभागीता रहेको थियो। जनता संग पुगेर जनताको समस्या बुज्दै जनता संग सामाजिक कार्य गर्दै पार्टी र समुदायको सम्बन्ध निर्माण गर्न माघ १६ गते देखि २६ गते सम्म “समुदाय सँग काँग्रेस” अभियान संचालन भएको र जनताको घर घरमा पुगेर सामाजिक कार्यहरु संचालन गरेको गोबिन्द दर्नालले बताए।

धरान १५ मा रहेको विद्मालय, धार्मिक स्थल गुम्बा र विभिन्न टोलमा सरसफाई गरीसकेको र आज मादेव चोक, साकेला थान र खोरीयाबस्ती एरियामा सरसफाई गरेका छन। जनता संग भेटघाट जनस्तरमा भएको समस्या बुज्दै सरसफाई लगाएतको कार्यक्रम निरन्तर गर्ने वडा सचिव गजेन्द्र लिम्बुले जानकारी गराएको थियो।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३