स्वास्थ्य/जिवनशैली

बिश्व क्यान्सर दिवसको दिन धरान बिराटनगर ७० कि.मि.साईकल राईड हुदै

कोले न्युज: साईक्लिष्ट प्रेमीहरुका लागी सुनसरीको धरानमा धरान बिराटनगर साईकल यात्रा हुने भएको छ । राष्ट्र भरीका साईक्लिष्ट प्रेमीहरुका लागी जीबनका लागि साईकल यात्रा नामक साईकल यात्रा कार्यक्रम हुन लागेको हो । धरान साईक्लिष्ट धरानको आयोजनामा यहि आउदो माघ २१ गते आईतबार अग्रेजी समय अनुसार ४ फ्रेबुवरीका दिन बिश्व क्यान्सर दिवसको अबसर पारेर उक्त साईकल राईड आयोजना गर्ने कार्याक्रमका सम्योजक कुन्दन श्रेष्ठले जानकारी दिए ।

शुक्रबार धरान २ देशी लाईन स्थित होटल नबयुगमा पत्रकार सम्मेलन मार्फत हुन लागेको उक्त साईकल यात्रका कार्यक्रमको बारेमा जानकारी दिदै साईकिलिष्ट कृष्ण के.सी.ले कार्यक्रमको मुख्य उदेश्य भनेकै क्यान्सर के हो ? कसरी क्यान्सर भएको थाहा पाउने ? उपचार गरे क्यान्सरबाट पुर्णरुपमा छुटकारा पाउन सकिन्छ भनेर आम जनमानसमा सचेतना अभिबृद्दी गराउनु नै हुने बताए ।

उनले साईकल राईड (जीवनका लागी साईकल यात्रा ) नारा दिइने उक्त साईकल राईड धरानको पब्लिक स्कुल बाट बिहान ७ बजे शुरु गरि तरहरा – ईटहरी – दुहबी हुदै मोरङको टँकीसिनुवारी स्थित बिराट मेडिकल कलेजमा पुगेर पुन धरान फर्केर भानुचोकमा समापन गरीने छ ।
त्यस्तै धरान र बिराटनगर समेतका साईक्लिष्टहरुले स्लो साईकल रेस लगायत साँगितिक कार्यक्रम र क्यान्सर लाई जीतेर अहिले सामान्य अवस्थामा फर्किनु भएकी नेपाली चेली तथा बलिउडमा नायिका मनिषा कोईरालाको क्यान्सर जीतेको अनुभव समेत सुनाउने कार्यक्रम रहेको आयोजकले जनाएको छ । त्यस्तै सोहि कार्यक्रमलाई अझ भब्यता प्रदान गर्न सहभागी साईक्लिष्ठलाई सम्मानपत्रले सम्मान समेत गर्ने कार्यक्रम रहेको छ ।

साईक्लिङ्ग धरान मुल आयोजकका साथै धरानका समाजसेबी एबम अग्रज साईक्लिष्ट कुन्दन श्रेष्ठ सम्योजक रहेको उक्त कार्यक्रममा सहभागीहरुलाई बिषेश सेवा सुबिधा सहित कार्यक्रमलाई भब्यता प्रदान गरिने जानकारी दिए ।

साईकल राईडमा सहभागीहरुले दर्ता शुल्क २ सय तिरेपछि साईक्लिष्टहरुलाई आकर्षक ज्याकेट,बिराट मेडिकल कलेजमा उपचार छुट कुपन तथा मेडिकल टिमको ब्यबस्थाका, साईक्लिङ्गका दौरान गाह्रो हुनेहरुका लागी यातायात ब्यवस्था सगै पानी,जुस,एनर्जी बार र खाजा समेत तयारी अबास्थामा नै राखिने आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ ।

छुटाउनुभयो कि ?

धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।
धरान विशेष स्वास्थ्य/जिवनशैली

विपी प्रतिष्ठानका चिकित्सकहरूको सामूहिक राजिनामा 

विपि प्रतिष्ठान धरानका १सय ७७ जना शिक्षक लगायत चिकित्सकहरु द्वारा सामूहिक राजीनामा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छन । प्रतिष्ठानका