
पुस १९ गते शुक्रबार आयोजक द योङ्ग बद्र्रस क्लब र प्रेस युनियन सुनसरी बिच भएको मैत्रीपुर्ण फुटबल खेलमा प्रेस युनियन सुनसरी बिजयी भएको छ।
द योङ्ग बद्ररस क्लबलाई पराजित गर्दै प्रेस युनियन सुनसरीले मैत्रीपूर्ण फुटबल खेलको उपाधि जितेको छ।
इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलको अघिल्लो दिन आज सम्पन्न मैत्रीपूर्ण खेलमा युनियन टिमले आयोजक टिमलाई ५-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
मैत्रीपूर्ण खेलको युनियनको तर्फबाट सुनसरी अध्यक्ष ध्रुव ढकालले कप्तानी गरेका थिए भने आयोजकको कप्तानी प्रतियोगिता संयोजक विकास केसीले गरेका थिए ।

इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा जारी प्रतियोगितामा शनिवार तेह्रथुमको बिटिएफसी र सिंहदेवी फुटबल क्लबबिच फाइनल खेल हुदैछ । उक्त फाइनलको बिचको समयमा आज मैत्रीपूर्ण खेलको आयोजना गरिएको थियो।