समाज

इटहरीमा हात्ती रोक्न मेयर हेमकर्ण पौडेलको आईडियामा खाड्ल र पर्खाल बनाउदै

कोले न्युज: गत मङ्सिर १३ गते इटहरी-२ का रबिन खड्काको हात्ती आक्रमणबाट ज्यान गयो । जङ्गली हात्तीको समूहले स्थानीयको घर भत्काउनुका साथै बालीनाली तथा अन्नमा समेत क्षति पुर्‍यायो । हालसालै थप २ जना हात्तीको आक्रमणबाट घाइते समेत भएका छन् ।

अहिले इटहरीमा मात्र नभई कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा समेत हात्तीको आतङ्क छ । ५ जना भन्दा बढिले ज्यान गुमाई सकेका छन् । इटहरीमा भने हात्ती आतङ्कले ज्यानै गएपछि हात्ती नियन्त्रणका लागि इटहरीका मेयर हेमकर्ण पौडेल कम्मर कसेर लागेका छन् ।
मेयर पौडेलले नागरिकलाई तत्काल हात्तीको आक्रमणबाट जोगाउन साइरन जडान, लाइट व्यवस्थापन गरी सबैभन्दा बढी हात्ती प्रभावित २ नं वडा पूर्व ६ फिट अग्लो पर्खाल बनाउने कार्य सुरु गरेका छन् ।

हात्ती आतङ्क दीर्घकालीन रूपमै नियन्त्रण गर्न ६ फिट अग्लो पर्खाल अनिवार्य भएको मेयर पौडेलको तर्क छ । पर्खालको काम समेत सुरु भएको मेयर पौडेलको भनाई छ ।
यसअघि नै उपमहानगरपालिकाद्वारा हात्ती प्रभावित क्षेत्रमा हात्ती भगाउन साइरन जडान र बत्ती जडान गर्ने काम भइरहेको छ । यसअघि हात्ती आक्रमणबाट मृत परिवारलाई इटहरी उपमहानगरले एक लाख आर्थिक सहयोग गरेको थियो ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले