कोले न्युज: वराहक्षेत्र नगरपालिकाले शुक्रबार १३ औ ( पुरक ) नगर सभा सम्पन्न गरेको छ । नगर सभा मार्फत शिक्षा, स्वास्थ्य , पूर्वाधारसंगै धार्मिक पर्यटन बिकासमा जोड दिँदै बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगर सभामा नगर उप-प्रमुख नन्दुकुमारी सुनुवारले आर्थिक बर्ष २०८०/०८१ को( संसोधित सहित ) बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन् ।
वराहक्षेत्र नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा विनियोजित रकमको ३१ दशमलव २९ प्रतिशतमात्र खर्च भएको छ । सभामा उपप्रमुख नन्दकुमारी सुनुवारले ०८० पौष २३ गरेसम्मको खर्चको स्थिति सार्वजनिक गरेकी थिईन् । आर्थिक विकासतर्फ विनियोजित रकम ४ करोड २३ लाख ९ हजार रुपैयाँ मध्ये १३.४५ प्रतिशत खर्च भएको छ । सामाजिक विकासतर्फ विनियोजित ४९ करोड ८३ लाख ५२ हजार ६ सय रुपैयाँ मध्ये ३७.६८ प्रतिशत, पूर्वाधार विकासतर्फ विनियोजित २३ करोड २१ लाख ३५ हजार ६ सय ४२ रुपैयाँ मध्ये ९.४४ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा विनियोजित २ करोड ५० लाख ३० हजार रुपैयाँ मध्ये २२.७२ प्रतिशत र कार्यालय सन्चालन तथा प्रशासनिक क्षेत्रमा विनियोजित १८ करोड ३७ लाख ७२ हजार विनियोजित रकममध्ये ४६.८१ प्रतिशत खर्च गरेको छ ।
चालु आर्थिक वर्षमा नगरले ९९ करोड ७ लाख ४२ हजार २ सय ९२ रुपैयाँ रकम विनियोजन गरेको थियो । ०८० पुस २३ सम्म आयतर्फको यथार्थ विवरण ४४ करोड २८ लाख ५२ हजार ८ सय ३१ रुपैयाँ ४७ पैसा रहेको विवरण सार्वजनिक गरेको छ । सभामा पुरक बजेट वक्तव्य पेश गर्दै उपप्रमुख सुनुवारले नगर विकासमा देखिएका समस्या, चुनौती र अवसर प्रस्तुत गरेकी थिईन् ।
सभामा नगर प्रमुख रमेश कार्की प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । ‘समृद्ध वराहक्षेत्रको आधार, कृषि, पर्यटन र पूर्वाधार’ भन्ने नारालाई सफल पार्न काम गरिरहेको बताए । पर्यटन विकाशको लागि रामधुनी, चतरा, वराहक्षेत्र, सुर्यकुण्ड र धरान मिलाएर धार्मिक पर्यटकीय सर्किट निर्माण , वराहक्षेत्र मन्दिरको प्रबद्बन, संरक्षण , सुर्यकुण्डको प्रर्बद्बन , औलिया मठको संरक्षण प्रबद्बन , कुम्भ मेला स्थल चतराधामको बिकाशकालागि गर्ने काम अगाडि बढेको ।
वराहक्षेत्रको दुर्गम मानिएको सुर्यकुण्ड चियाबारी क्षेत्रमा सडक सञ्जालका विकाशमा जोड , चावचामा खानेपानी , सिलपाखामा बाटो पुर्याउने काम अगाडि बढाएको , कोसी कटानमामा राहत र उद्दारमा स्थानीय सरकारको प्रत्याभूति हुने काम गरेको , जङ्गली हाति नियन्त्रणमा नगरपालिकाले काम गरेको , सुत्केरी महिलालाई एम्बुलेन्स खर्च , जेष्ठ नागरिकहरुको घर घरमा नै गई स्वास्थ्य उपचार र प्रसुति सट्टा शिक्षक भन्ना लगाएको कामहरु कार्यनयनको चरणमा रहेका नगर प्रमुख कार्कीले प्रतिवेदन मार्फत प्रस्तुत गरेका थिए । चतरा अस्पताल , नगर अस्पताल , मधुवन प्रथामिक स्वास्थ्य चौकीबाट दिईने सेवालाई बिस्तार , व्यवस्थापन
, वडा नं ७ मा जग्गाको निस्सा बितरण गरि नाम जाँच गर्न कार्य सम्पन्न भएको । वडा नं १० मा पनि भुमि सम्बन्धी समस्या समधानकालागि प्रारम्भिक चरणको घरधुरि सर्वक्षण गरि उक्त प्रतिवेदनलाई नेपाल सरकार , प्रदेस सरकार र राष्ट्रिय भुमि आयोग समक्ष पेश गरिएको र भुमि सम्बन्धी समस्यालाई समधान गर्न सुकुम्बासी समस्यालाई उच्च प्राथमिकता राखि समधान गर्न पहल भईरहेको कार्कीले सभामा जानकारी दिएका थिए ।
सभामा स्थानीय कवि, कलाकार र खेलाडीलाई सम्मान समेत गरिएको छ । सम्मानित हुनेहरुमा कवितर्फ प्रकाश दिप्साली राई र छविना लुङ्गेली मगर, कलाकारतर्फ बाल गायक राजेश परियार र खेलाडीतर्फ सितेरियो करातेकी राष्ट्रिय खेलाडी आयुषा प्रधानलाई रहेका छन् । उनिहरुलाई नगद ५ हजार सहित नगर प्रमुख रमेश कार्की , उप-प्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र मल्लले दोसल्ला सहित सम्मान पत्र हस्तान्तरण गरेका थिए ।