बिहिबार धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले आफ्नो कार्यकक्षबाट राष्ट्रपती र प्रधानमन्त्रीको फोटो हटाएर एलम्बरको फोटो राखेपछी पाँच राजनिती दलले विज्ञप्ती मार्फत भर्त्सना गरेका छन।
विज्ञप्तीमा भनिएको छ नेपालको संविधान २०७२ दारा ६१ मा संविधान रक्षक राष्ट्रपती र कार्यकारी प्रमुख प्रधानमन्त्रीको सम्मानमा तस्वीर राख्न सबैको कर्तव्य हुने उल्लेख गर्दै जुन संविधान बाट निर्वाचित भएको त्यही संविधान बिपरित कार्य नगर्न मेयरलाई आग्रह गरेका छन। सुन्दर शान्त सबै जात धर्म मिलेर बसेको धरानलाई बिगतमा पनि स्वतन्त्रको नाममा जातिय, धार्मिक, सामाजिक विबाद सृजना गर्दै आईरहेको उल्लेख गरेका छन।
राष्ट्रप्रमुख राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्रीको तस्वीर माथी प्रहार हुनु संघिय लोकतान्त्रीक गणतन्त्र नेपालको प्रणाली माथी गम्भीर प्रहार हुनु हो। जुन सबिधानबाट निर्वाचित भए त्यही संविधानको ठाडो उल्घन मेयर बाट भएको भन्दै विज्ञप्तीमा उल्लेख गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको फोटो पुन राख्न जोडदार माग गरेका छन।

उक्त विज्ञप्तीमा श्याम पोखरेल सभापती नेपाली काँग्रेस धरान, पारस काङमाङ राई, उपाध्यक्ष नेकपा एमाले धरान, सम्फर तामाङ,अध्यक्ष नेकपा माओवादी केन्द्र धरान, जसपा नेपालका धरान अध्यक्ष ताजुव लिम्बू, खेम प्रसाद दाहाल नेकपा एकीकृत समाजबादी धरानका सचिव खेम प्रसाद दाहालले विज्ञप्तीमा हस्ताक्षर गरेका छन।
मेयर साङपाङ्गले केही दिन देखी सामाजिक संजाल फेसबुक बाट केन्द्र सरकारले धरानलाई बजेट नदिएको, एयरपोर्ट बनाउन सहयोग नगरेको भन्दै धरानलाई छुटै स्वयत राज्य दिन माग गरेका थिए बुधवार फेसबुकमा राष्ट्रपती र प्रधानमन्त्रीको फोटो हटाएर एलम्बरको फोटो राख्छु जब सहयोग हुन्छ फेरि राख्छु भन्दै लेखेका थिए।
        
                        
                        
                                
                        
                        
                        
                        
                        
                            
