कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्री चयन भएका छन् ।
आङ्बो र कार्कीले मुख्यमन्त्री दाबी गरेपछि दुवै दाबेदारलाई बहुमत पुष्टि गर्न प्रदेश प्रमुखले प्रत्यक्ष सनाखत गराएका हुन् । कार्कीले बहुमत सांसदको समर्थन पाएपछि उनी मुख्यमन्त्री नियुक्ति भइसकेका छन् ।
काँग्रेसले गठबन्धनको निर्णय नमानेको भन्दै उनले आपत्ति जनाएका छन् । माओवादीले गठबन्धनको नाममा त्याग गरेको बताएका आङ्बो काँग्रेस नेतृत्व प्रति असन्तुष्ट छन् ।
शनिवार फेसबुक मार्फत उनले लेखेका छन् :