
धरान: हिबिस्कस बाल क्लबका नव निर्वाचित समितिका पदाधिकारी र धरान–१५ का वडा अध्यक्षवीच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
हिबिस्कस ईङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाचित हिबिस्कस बाल क्लबका नयाँ कार्यसमितिका पदाधिकारीहरू र धरान उपमहानगरपालिका वडा नं.–१५ का वडा अध्यक्ष नरेश कुमार इवारमवीच परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वडा अध्यक्ष इवारमले बालबालिकाहरूको हक, अधिकार, कर्तव्य तथा समाजमा उनीहरूको भूमिकाबारे जानकारी गराउँदै नेतृत्व विकास, अनुशासन र सामाजिक उत्तरदायित्वका विषयमा प्रेरणादायी मन्तव्य साथ जानकारी दिएका थिए ।
कार्यक्रममा हिबिस्कस बाल क्लबका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले आफ्नो परिचय प्रस्तुत गर्दै आगामी दिनमा विद्यालय तथा समुदायमा बालमैत्री गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
वडा अध्यक्ष इवारमले बाल क्लबहरू बालबालिकाको नेतृत्व क्षमता विकास गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै स्थानीय तहबाट आवश्यक सहयोग र समन्वय रहने विश्वास दिलाएका थिए ।
विद्यालय र वडा कार्यालयबीचको सहकार्यमा सम्पन्न उक्त कार्यक्रमले बालबालिकाहरूलाई स्थानीय सरकारसँग प्रत्यक्ष परिचित गराउनुका साथै उनीहरूमा नागरिक चेतना, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।
विद्यार्थीहरुलाई स्थानीय तहबाट बाल अधिकारका वारेमा गरीने कार्यहरुका वारेमा जानकारी दिनको लागि कार्यक्रमको आयोजना गरीएको स्कुलका निर्देशक गंगाराम राईले बताए ।


