समाज

श्रमदान नगर्नेलाई बाध्यकारी व्यवस्था छैन, जरिवाना लगाएको छैन :अध्यक्ष लक्ष्मी नेम्बाङ


धरान: धरान ५ स्थित देउराली खानेपानी उपभोक्ता संस्था अन्तर्गत देउराली खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष लक्ष्मी नेम्बाङले श्रमदानमा सहभागी नभएका उपभोक्तासँग तल्लो देउराली सामुदायिक टोल विकास संस्थाका अध्यक्ष कवि याख्खाले प्रतिव्यक्ति १ हजारका दरले रकम असुलेको आरोप लगाएका छन्।
बुधबार पत्रकार सम्मेलन मार्फत देउराली खानेपानी अध्यक्ष नेम्बाङले संस्थाको विधान,नियमावली वा कार्यविधिमा श्रमदान नगर्नेलाई अनिवार्य रूपमा शुल्क वा जरिवाना तिर्नुपर्ने कुनै व्यवस्था नरहेको स्पष्ट पारे।
श्रमदान नगर्ने उपभोक्ताबाट रकम उठाइएको विषयमा प्रतिक्रिया दिँदै अध्यक्ष नेम्बाङले श्रमदान सामुदायिक सहभागिताको अभ्यास भए पनि त्यसमा सहभागी नभएकै आधारमा उपभोक्तामाथि आर्थिक दायित्व थोपर्न नमिल्ने बताए।
अध्यक्ष नेम्बाङले भने “श्रमदान नगरेको भन्दै उपभोक्ताबाट रकम असुल्ने बाध्यकारी व्यवस्था संस्थामा छैन ।,” आफना उपभोक्ताबाट १ हजारका दरले रकम उठाइएको विषय संस्थाको जानकारीमा आएपछि स्थानीयस्तरमा विवाद चर्किएको थियो । विवाद उत्पन्न भएपछि सोधि खोजी गर्दा टोल विकास संस्थाका प्रतिनिधिहरू कवि याक्खाले करिव २०० घरघुरीबाट जरिवना उठाएको पाईएको बताए । त्यसैको सिके गर्दे समानता टिएलओ अध्यक्ष जितबहादुर लगायतले समेत श्रमदानमा नजाने उपभोत्तालाई लागु गर्न खोजेको उनले बताए । तर आफुले थाहापाए पश्चात नगर्न आग्रह गरेपछि टोल विकास संस्थाका प्रतिनिधिहरू याक्खा र जित बहादुरले श्रमदानमा नआउने उपभोक्ताको खानेपानी बिलमै अतिरिक्त रकम जोडेर उठाउनुपर्ने प्रस्ताव राखेको थिए सो बिषय ईन्कार गर्दे उपभोत्ताहरुलाई सचेत गराउन पत्रकार सम्मेलन गरिएको बताए ।उनले आजै वडा कार्यालयका अध्यक्ष मान प्रसाद लिम्बु र स्थानीय सरकार धरान उपमहानगरपालिकालाई समेत जानकारी गराईने अध्यक्ष नेम्बाङले बताए ।
देउराली खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष नेम्बाङले संस्थामा श्रमदान नगर्ने उपभोक्तालाई बाध्यकारी रूपमा जरिवाना वा अतिरिक्त शुल्क तिर्नुपर्ने कुनै व्यवस्था नरहेको बताएका छन्।
उक्त विषयबारे थप अध्ययन भइरहेको र संस्थाको निर्णय तथा नियमअनुसार नभएको कार्य भए आवश्यक प्रक्रिया अघि बढाइने उनले बताए।
अध्यक्ष नेम्बाङले ‘दैनिक ज्यालादारीमा महिला श्रमिकले ७५० र पुरुष श्रमिकले ८०० पाउने अवस्थामा एक दिनको श्रमदान बराबर भन्दै १ हजार असुल्नु न्यायोचित नभएको र उनीहरुको पेटमा मारेर रकम अशुल्न नहुने बताए।
विवादित रकम संकलनको विषयमा संस्थाले आधिकारिक निर्णय गरेको छैन व्यक्तिगत तहबाट रकम उठाइएको हो । आफुलाई नियत वस विवादमा पार्न समेत याक्खाले रकम उठाएको हुन सकने नेम्बाङ्ले बताए ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले