Uncategorized धरान विशेष

गोर्खा चौतारीको निर्माण धरान नगर र गोर्खा समुदायबीचको एकता, सम्मान र सहकार्यको प्रतीक हो नकरात्मक नसोच्न आग्रह

धरान: गोर्खा भूपूहरूको संयुक्त संगठन ‘गोर्खा चौतारी, यूनाइटिङ अल द गोर्खाज’ ले धरानको विकास, निर्माण र एकताको पक्षमा आफूहरू सधैं समर्पित रहेको बताउँदै संयुक्त प्रेस विज्ञप्ती जारी गरेको छ । हाल धरानका पत्रकार संगठनहरूले गोर्खा चौतारी सम्बन्धी विज्ञप्ती सार्वजनिक गरेपछि प्रतिक्रिया स्वरूप जारी गरिएको उक्त विज्ञप्तीमा, गोर्खाली समुदायको योगदान र धरानप्रतिको प्रतिबद्धतालाई नकारात्मक रूपमा नलिन […]

खेलकुद

विद्यालय तहबाटै फुटबलको विकास: धरानमा ‘सुनाखरी एकेडेमी कप’ सुरु हुँदै

धरान: विद्यालय तहबाटै फुटबलको विकास र प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ धरानमा पहिलो पटक सुनसरी जिल्ला स्तरीय ‘सुनाखरी एकेडेमी कप’ अन्तर विद्यालय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।धरान–१२ स्थित सुनाखरी एकेडेमीको आयोजनामा हुने प्रतियोगिता मंसिर ७ गतेदेखि १७ गतेसम्म धरान–१७ स्थित एन्फा एकेडेमी खेलमैदानमा सञ्चालन हुनेछ । शनिवार आयोजित पत्रकार सम्मेलनमा प्रिन्सिपल मिलनकुमार […]

समाज

धरानमा पत्रकार लक्षित अभिव्यक्तिप्रति तीन प्रेस संगठनको आपत्ति

धरान : धरान–१३ स्थित श्रम संस्कृति पार्कमा शुक्रबार उद्घाटन भएको गोर्खा चौतारीको कार्यक्रमा हाल बेलायत बसोबास गर्ने शशी थापा सुब्बाद्वारा पत्रकारहरूलाई लक्षित गरी गरि दिएको अभिव्यक्तिप्रति ३ पत्रकारजन्य पेशागत संगठनहरूले गम्भीर आपत्ति जनाएका छन्।नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपाल, सुनसरीले संयुक्त रूपमा शनिबार विज्ञप्ति जारी गरेको छ ।विज्ञप्ति जारी गर्दै सुब्बाको […]

धरान विशेष

धरानमा मोडिफाई मोटरसाइकल नियन्त्रणको माग गर्दै नेपाल तरुण दलको ज्ञापनपत्र

धरान : नेपाल तरुण दल धरान समितिले धरानमा अनियन्त्रित रूपमा प्रयोग भइरहेका मोडिफाई मोटरसाइकल र स्कुटीका कारण सहरको शान्ति सुरक्षा प्रभावित भएको भन्दै नियन्त्रणका लागि जिल्ला ट्राफिक कार्यालय सुनसरीमा ज्ञापनपत्र बुझाएको छ।तरुण दलका अध्यक्ष रामकुमार तामाङको नेतृत्वमा बिहीबार उक्त ज्ञापनपत्र बुझाइएको हो। दलले धरानमा राति अबेरसम्म ठूलो आवाजमा सवारी चलाउने, तीन–तीन जना सवार हुने र […]

शिक्षा

स्वर्गीय विष्णु कुमार लिम्बुको १९ औं स्मृति दिवसमा ५१ हजार सहयोग

धरान: स्वर्गीय विष्णु कुमार लिम्बुको १९औं स्मृति दिवसको अवसरमा उनकी श्रीमती जित माया लिम्बु, छोरीद्धय दुर्गा र शैलिका लिम्बु र ज्वाइँ आश कुमार राईले धरान–३ स्थित भानु स्मृति माध्यमिक विद्यालयको अक्षय कोषमा नगद ५१ हजार ५ रुपैयाँ सहयोग गरेका छन्। छोरी शैलिका लिम्बु भानु स्मृति विद्यालयकी पूर्व विद्यार्थी हुन्। छोरीहरुले कक्षा १ देखि एसएलसीसम्म सोही […]

स्वास्थ्य/जिवनशैली

बीपी प्रतिष्ठान धरानमा प्याथोलोजी दिवस, रोग पहिचानमा यसको महत्वबारे छलफल

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अन्तर्राष्ट्रिय प्याथोलोजी दिवस विविध कार्यक्रमका साथ मनाएको छ। प्रतिष्ठानको प्याथोलोजी विभागको आयोजनामा विश्वभर मनाइने ‘प्याथोलोजी डे’ यस वर्ष पनि उत्साहपूर्वक मनाइएको हो। कार्यक्रममा बोल्दै प्रतिष्ठानकी प्रवक्ता डा. अञ्जु प्रधानले स्वास्थ्य क्षेत्रको मेरुदण्डका रूपमा प्याथोलोजीको महत्वपूर्ण भूमिका रहेको बताइन्। उनले रोगको सही पहिचान र उपचारका लागि प्याथोलोजी अत्यावश्यक विषय भएको […]

अपराध

धनकुटा र भोजपुरमा प्रहरीद्वारा अवैध गाँजाको बोट फडानी गरी नष्ट

धनकुटा: कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियानअन्तर्गत धनकुटा र भोजपुरका विभिन्न स्थानमा अवैध रूपमा लगाइएका तथा प्राकृतिक रूपमा उम्रिएका गाँजाका बोटहरू प्रहरीले फडानी गरी नष्ट गरेको छ ।कार्तिक १८ गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले शहीदभूमि गाउँपालिका–२ स्थित विभिन्न क्षेत्रका करिब पाँच रोपनी जग्गामा उम्रिएका ९ हजार ५ सय गाँजाका […]

स्वास्थ्य/जिवनशैली

नियम उल्लंघन गर्दै वीपीका डाक्टर निजी क्लिनिकमा सक्रिय

धरान: बिहानैदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा बिरामीहरूको भीड हुन्छ । कसैले दुर्घटनामा चोटपटक पाएका हुन्छन्, कसैको बच्चा बिरामी हुन्छ । तर, कतिपय बिरामी कुरुवाहरूको पहिलो गुनासो एउटै हुन्छ डाक्टर भेटिदैन । यस गुनासोको कारण बनेको छ, जेनेरल प्राक्टिस तथा इमर्जेन्सी विभागका डा. विजय श्रीवास्तव र बाल रोग विशेषज्ञ डा. लोकराज शाह । […]

खेलकुद

कोशी प्रदेश फुटबल संघले गाईघाट फुटबल क्लवलाई ५० थान जर्सी प्रदान

धरान: कोशी प्रदेशका दुई क्लबको राष्ट्रिय लिगमा खेल्ने सम्भावना बलियो बनेको छ । अखिल नेपाल फुटबल संघको आयोजनामा हेटौंडामा बुधबारदेखि सुरु हुने एन्फा प्रेसिडेन्ट लिगमा कोशी प्रदेशका गाइघाट फुटबल क्लब (उदयपुर) र देउराली युथ क्लब (धनकुटा) प्रतिस्पर्धा गर्ने भएका छन् । यी दुई टिमले प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भए राष्ट्रिय लिगमा खेल्ने अवसर […]

खेलकुद

धरानको फुटबल खेललाई धरानमा जन्मेर बिदेशमा कर्मथलो बनाउनेहरुको साथ सहयोग

धरान: बुढासुब्बा गोल्डकप (अन्य नामःअन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप) एक नेपाली घरेलु फुटबल प्रतियोगिता हो । यस प्रतियोगिता नेपाली घरेलु मोफसल फुटबल प्रतियोगिताहरूमा सबैभन्दा बढी चर्चित फुटबल प्रतियोगिता हो प्रतियोगिताको सुरूवात वि.स. २०५५ साल देखि भएको थियो । धरानलाई खेलकुदको शहर बनाउने अभियानमा खेलकुद क्षेत्रमा लागेका धरानबासीमात्र हैन विदेशमा रहेका धरानेहरुले समेत साथ सहयोग गर्दै आइरहेका […]