राजनिती

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न, सुरेन लिम्बु संयोजक

धरान: नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला शुक्रबार सम्पन्न भएको छ । एकता भेला साविक नेकपा माओवादी केन्द्र वडा नम्वर ५ का निवर्तमान अध्यक्ष धनकुमार राईको अध्यक्षता र नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय सदस्य टीका कन्दङवा रेखाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । भेलाले पुरानो कमिटी विघटन गरेर सुरेन लिम्बुको संयोजकत्वमा वडा नं ५ […]

अर्थ/ पर्यटन

ऐतिहासिक गढीहरू जोड्दै पृथ्वी जयन्ती: राष्ट्रिय एकता र संरक्षणको सन्देश

धरान: राष्ट्रिय एकताको भावना जागृत गराउँदै ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाली सेनाले स्थानीय सरकारसँग समन्वय गरी ३०४औँ पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवस विशेष कार्यक्रमसहित मनाएको छ। पूर्वी नेपालको ऐतिहासिक पहिचान बोकेका साँगुरीगढी र विजयपुरगढीलाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रमले इतिहास, पर्यटन र राष्ट्रिय एकतालाई एउटै सूत्रमा बाँध्ने सन्देश दिएको छ […]

सहित्य/सिर्जना

निर्झर’ भावना, प्रकृति र पहिचानको संगम: धरानमा समेत सार्वजनिक गरियो

धरान: नेपाली समकालीन कवितामा नयाँ स्वर र संवेदनाको उपस्थिति बोकेको कविता सङ्ग्रह ‘निर्झर’ पाठकमाझ आएको छ । कवि भानेन्द्र सम्बाहाङफेको यो कृति २०८२ मंसिर १० गते काठमाडौँस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा पहिलो पटक विमोचन भएपनि दोस्रो पटक आज शनिवार धरानमा पनि सार्वजनिक गरीएको छ।शनिवार धरान ९ स्थित रत्न इन होटलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । धरानका […]

समाज

फागुन २१ गते संविधानको रक्षार्थ भए पनि निर्वाचन हुन्छ : मन्त्री पराजुली

धरान: कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले आगामी फागुन २१ गते संविधानको रक्षार्थ भए पनि निर्वाचन अनिवार्य रूपमा हुने स्पष्ट पार्नुभएको छ।गत पौष २२ गते मन्त्रिपरिषद् फेरबदलपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेको थियो। पराजुलीले सेवक अभियानद्वारा आयोजित कार्यक्रममा सहभागी हुँदै यस्तो बताउएको हो। कोशी प्रदेशमा हालसम्म ६ वटा सरकार बनेका […]

मनोरञ्जन समाचार

लिम्वु चलचित्र “सेमिफुङ” हङकङमा प्रदर्शन हुने      

  विकाश चाम्लिङ राई हङकङ: याक्थुङ फिल्म्स व्यानरमा निर्माण गरिएको चलचित्र “सेमिफुङ” याक्थुङ मुन्चइत चौक सराङ हङकङको आयोजनामा हङकङमा प्रदर्शन हुने भएको छ । निर्देशक रणविर लिम्वु शेर्माद्धारा निर्देशित लिम्वु समुदायहरुको मौलिक संस्कार संस्कृतिमा आधारित चलचित्र सेमिफुङमा निर्माता समेत रहेका वविन आङदाम्वे, चन्दा थेगिम, सतिका सुब्बा, सिडि वेघा, निर्मला देवान, संगिता लावति, त्रिभुवन लुङफुङा लगायतको […]

खेलकुद

माघ ६ गते बाट चौथो यु १८ धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता हुने

धरान: बास्केटबल खेलाडी स्वर्गीय रेवाहाङ रुछेन्वुङ राईको स्मृतिमा हुने चौथो अन्डर १८ धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता आगामी माघ ६ गते देखि हुने भएको छ ।बुधवार पत्रकार सम्मेलन गर्दै आगामी माघ ६ गतेदेखि ११ गतेसम्म हुने प्रतियोगिताको फाइनल खेल थ्री पोईन्ट कम्पिटिशन हुने जानकारी दिएको हो ।प्रतियोगितामा सुनसरी, मोरङ र झापाका विद्यालयहरूको सहभागिता रहने […]

समाज

विश्वकर्मा कल्याण सेवा समितीको अध्यक्षमा घमानसिंह

विश्वकर्मा कल्याण सेवा समिति प्रधान कार्यालय धरान सुनसरीको अध्यक्षमा घमासिंह बराइली निर्वाचित भएका छन् ।सोमबार धरान १० स्थित सैनिक भवनमा सम्पन्न समाजको १२ औँ अधिवेशनमा समाजका निवर्तमान सचिव सन्दीप शंकरलाई पराजित गर्दै निर्वाचित भएका छन् । निर्वाचन मण्डलका अधिकृत डिबी शंकरका अनुसार बराइलीले ६५ मत प्राप्त गरेका थिए भने शंकरले ५५ मत प्राप्त गरेक थिए। […]

कृषि

मौरी पालनमा कृषकहरु आकर्षित: तालिममा उत्साहपूर्ण सहभागिता

धरान: नेपालमा मौरीपालन व्यवसाय सम्भावनायुक्त बन्दै गएको छ । निर्वाहमुखी खेतीबाट व्यावसायिकतर्फ उन्मुख हुँदै किसानले मौरीपालनबाट राम्रो आम्दानी गर्न थालेका छन् । तर विषादी प्रयोग र नीतिगत कमजोरीका कारण जोखिम पनि उत्तिकै रहेको विज्ञहरूको चेतावनी छ । नेपालमा अहिले करिब १० लाख आधुनिक घरमा मौरीपालन भइरहेको तथ्यांक छ । मौरीका लागि छुट्टै वैकल्पिक आहारको आवश्यकता […]

शिक्षा

आठ वर्षपछि पुनरागमन: धरानमा राष्ट्रिय स्तरको मेडिकल कलेजको विद्यार्थी महोत्सव साइन्याप्स

धरान: धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आठ वर्षपछि पुनः साइन्याप्स २०२६ आयोजना हुने भएको छ । विद्यार्थी कल्याण समाजको आयोजनामा हुने बहु–विषयक राष्ट्रिय कार्यक्रम माघ १६ देखि २३ गतेसम्म (जनवरी ३० देखि फेब्रुअरी ६, २०२६) सम्म सञ्चालन हुने भएको हो ।मंगलबार धरानमा आयोजित पत्रकार सम्मेलनमा विद्यार्थी कल्याण समाजका अध्यक्ष नवराज कुमार देवले सन् […]

समाज

धरानमा १५ दिने रञ्जना लिपि प्रशिक्षण सम्पन्न, पुनर्जागरण अभियानमा जोड

धरान: नेवा: देय दवु धरान नगर समितिको आयोजनामा रञ्जना लिपिको पुनर्जागरण गर्ने उद्देश्यसहित १५ दिनसम्म सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।सोमबार धरान–१६ स्थित हारती अजिमा मन्दिरमा सम्पन्न तालिमको समापन समारोहका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघाले सरकार जनताको भाषा, संस्कृति र वास्तविक आवश्यकतामा आधारित हुनुपर्नेमा जोड दिए। उपप्रमुख बेघाले बजेट निर्माण तथा […]