उद्मोग वाणिज्य संघ सुनसरीको सभाहलमा आज शनिवार धरान मनिहारी तथा उपहार व्यापार सङ्घद्वारा आयोजित तीज उत्सव २०८१ कार्यक्रम पत्रकारलाई सम्मान सहित सम्पन्न भएको छ।
नेपाली महिलाहरूको महान् चाड हरितालिका तिजको पूर्व सन्ध्यामा आयोजित तीज उत्सव कार्यक्रममा कपुरी न्युजमा कार्यरत पत्रकार रश्मि प्रधान सम्मानपत्र र २ हजार १ सय रुपैय नगद सहित सम्मानित भएकी छिन।
उक्त तीज उत्सव कार्यक्रममा कोशी प्रदेश सांसद यशोदा कायस्थ प्रमुख अतिथि थिइन् । उनले नेपाली समाजमा महिलाहरू बिच एकता र सांस्कृतिक सद्भाव, सहिष्णुता कायम गर्दै चाडपर्वहरूले महिला सशक्तीकरणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताइन् ।
बहुभाषिक बहुसाँस्कृतिक विविधतायुक्त सहर धरानमा सांस्कृतिक सद्भावलाई बाह्य तत्त्वले खलबल्याउन खोजे पनि यहाँको विशिष्टता भनेकै सद्भाव भएकोले सफल नहुने र धरान बहुजातिय सांस्कृतिक सहरको रूपमा स्थापित भएको धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र बिक्रम बेघाले बताए।
धरान मनिहारी तथा उपहार व्यापार सङ्घका अध्यक्ष रामस्वरुप शर्माको सभापतित्व र दुर्गा काफलेको संयोजकमा भएको उत्सव कार्यक्रममा उद्मोग वाणिज्य संघ सुनसरीका अध्यक्ष विजय श्रेष्ठ, इलाका प्रहरी कार्यालयका डिएसपी मानबहादुर राई, महिला संञ्जालकी पूर्व अध्यक्ष शिला बज्राचार्य लगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू, व्यवसायी महिलाहरूको सहभागिता थियो ।
सो हरितालिका तीज उत्सव कार्यक्रममा नृत्य प्रतियोगिताका साथै मेहन्दी लगाउने प्रतियोगिता समेत भएको थियो ।