धरान विशेष समाज

धरानका १० राजनैतिक दलहरुले खानेपानीको मूल्य बृद्वी ७२ घण्टा भित्र घटाउन माग

धरान खानेपानी बोर्डले अवैज्ञानिक ढंगबाट खानेपानीको मूल्य बृद्वी गरेको भन्दै धरानका १० राजनिती दलले खानेपानी बोर्डमा ज्ञापन पत्र बुझाएका छन।

आज शुक्रवार छाताचौकबाट जुलुस सहित खानेपानी व्यवस्थापन बोर्डमा गएर ३ सूत्रीय मागको ज्ञापन पत्र बुझाउँदै ७२ घण्टा भित्र नयाँ शुल्क खारेज गरी पुरानै दर कायम नगरे आन्दोलन सुरु गरिने चेतावनी दिएको छ ।

जारी विज्ञप्तीमा यसअघि पुराना (मृत्यु भएका) धनीको नामबाट धारा नामसारी गर्दा २०० सय रुपैयाँमा हुने शुल्कमा अहिले २० हजार रुपैयाँ कायम गरी २४०० सय प्रतिशत देखी ९९०० प्रतिशत सम्म बढाइएको छ ।

नयाँ धारा अब सामान्य आय भएका गरिबले जडान गर्न नसक्ने गरी २० हजार रुपैयाँ देखी १ लाख सम्म पुर्‍याउँदै ३०० प्रतिशत सम्म बढाइएको छ । धारामा पानी नआए चेकिङ वा मर्मत गरी होल चेन्ज गराउँदा १०० देखी १९०० प्रतिशत वृद्धि गरेर ५ हजार देखी २० हजार रुपैयाँ बनाएको छ ।

खानेपानी शुल्कमा यसअघि न्यूनतम १३० रुपैयाँ रहेकोमा १५० बनाई पानीको युनिट परिमाणमा २०० प्रतिशत सम्म महसुल बढाइएको छ । निवेदन दस्तुरमै ४०० प्रतिशत वृद्धि गरेर हचुवाको पनि पराकाष्ठा देखाएको दलहरूले ठहर गरेको विज्ञप्तिमा उल्लेख छ ।

१० राजनिती दलहरु जारी गरेको विज्ञप्तीमा काँग्रेस सभापति श्याम पोखरेल, नेकपा एमाले अध्यक्ष हर्कजंग एभेङ, नेकपा माओवादी केन्द्र अध्यक्ष सर्वजीत राई, जनता समाजवादी पार्टी अध्यक्ष ताजुब लिम्बु, नेकपा एकीकृत समाजवादी अध्यक्ष रेवती रमण राई, राष्ट्रिय स्वतन्त्र पार्टी सभापति सुमन श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी संयोजक नरेशकुमार शाक्य, नागरिक उन्मुक्ति पार्टी उपाध्यक्ष अर्जुन खड्का, सलोराम सङ्घीय लिम्बुवान मञ्च अध्यक्ष मोहनकुमार तिगला, राष्ट्रिय साझा पार्टी अध्यक्ष सुरेशकुमार राईले हस्ताक्षर गरेका छन् ।

ज्ञापन पत्र बुझाउन अघि पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस सभापति श्याम पोखरेलले भने, ‘नगर प्रमुख हर्क साम्पाङको ‘उर्लँदो खहरे जस्तो’ कार्यशैलीप्रति दलहरू चुप लागेर बसेको गुनासो बढेपनि दलहरू ‘शान्त महासागर’को रूपमा बसेका थिए, तर खानेपानीमा गरिएको अवैधानिक वृद्धिले आन्दोलन गर्न बाध्य बनाएको छ ।’

ज्ञापन–पत्र बुझ्दै बोर्डका कार्यकारी निर्देशक पोखरेलले भने, “यो ज्ञापन–पत्र अध्यक्षसमक्ष आज (साउन ११) गते नै पेश गर्ने जानकारी गराउँदछु । बोर्डका अध्यक्ष तथा मेयरज्यूले पहिला नै निर्धारण भएकाले म जान्छु । तपाईंले नै लिनू भनेर जानू भएको बताए। 

पूरा भिडियो हेर्नुस:(

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।