धरान: नेपाली कांग्रेस धरान, वीपी चिन्तन प्रतिष्ठान र भातृ तथा शुभेच्छुक संघसंस्थाहरुको सहभागितामा ४२ औं वीपी स्मृति दिवसको अवसर पारेर धरान २० स्थित वीपी स्मृति पार्कमा सरसफाई कार्यक्रम भएको छ ।
नेपालका प्रथम जननिवार्चित प्रधानमन्त्री विश्वेश्वर प्रसाद (वीपी) कोइरालाको साउन ६ गते ४२ औं स्मृति दिवस हो । उक्त दिवसको अवसरमा वीपी स्मृति पार्कमा सरसफाई गरिएको नेपाली कांग्रेस धरानका सभापति श्याम पोखरेलले बताए ।
वीपी पार्कलाई सौन्दर्यीकरण गर्न पार्टीसँग आर्थिक स्रोत नभएकोले स्थानीय सरकारलाई अन्य पार्कहरुको लागि पनि बजेट विनियोजन गर्न माग गरिएको सभापति पोखरेलले बताए । वीपीको सालिक भएकोले कांग्रेसको भाग भन्ने पनि भयो होला, तर वीपी कोइराला र यो पार्क पनि साझा हो,’ उनले भने,‘मेयरलाई ध्यानाकर्षणपत्र बुझाउदा वीपी पार्कसहित अन्य पार्कलाई यथोचित बजेट माग गरेका छौं ।
निवर्तमान मेयर तथा वीपी स्मृति पार्क समितिका सभापति तिलक राईले तत्कालिन राणा शासकहरुले पक्राउ गरेर वीपी कोइरालालाई सुन्दरीजल जेल फुस्रे हुदै महामानव वीपी कोइरालालाई काठमाण्डौं लैजादा यही बाटो भएर गएको र यहाँ बास बसेकोले इतिहास छ,’उनले भने,‘यो पर्यटकीयस्थल बन्दैछ भन्ने लागेर नै मेरो नेतृत्वमा समिति बनाएर वीपी पार्क बनायौं ।’
निबर्तमान मेयर राईले अग्रजहरुको इतिहासलाई बिर्सन हुदैन, जलाधार क्षेत्रलाई पनि संरक्षण गर्ने गरि डिपिआर पनि बनाएको फ्लावर ब्रिज, खोलालाई जोगाउन वाल, पार्किङस्थल र वीपीको सालिक बनाएको बताए।
भिडियो पनि हेर्नुस