समाज

सेवक अभियानले मनायो दशौँ स्थापना दिवस, नयाँ कार्यसमिती सर्वसम्मत चयन

धरानमा पदयात्राको सुरु संगै सामाजिक कार्यमा क्रियाशील सेवक अभियानले स्थापना भएको १० वर्षमा प्रवेश गरेको अवसरमा दशौँ स्थापना दिवस मनाएको छ । 

पदयात्रा, सरसफाइ एवम् अन्य सामाजिक र मानवीय कार्यमा क्रियाशील रहेको अभियानले शुक्रवार धरान-३ मा रहेको सपिङ कम्प्लेक्स औपचारिक कार्यक्रम गर्दै दशौँ स्थापना दिवस मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि कोसी प्रदेश सभा सदस्य रमेश बस्नेतले संस्थाको दशौँ स्थापना दिवसको शुभकामना व्यक्त गर्दै अभियानको निरन्तरताको कामना गरेँ ।

विशिष्ट अतिथि रहेका धरानका उपमेयर अइन्द्र विक्रम बेघाले अभियानले अहिले सम्म कमाएको ख्याति जोगाउँदै आगामी दिनमा अझै क्रियाशील भएर लागी पर्न सुझाव दिएका थिए । 

धरानको वर्तमान अवस्थाका बारेमा बोल्दै उनले गलत गर्नेलाई गलत र सही गर्ने सही भन्ने परिपाटी बसाल्नु पर्नेमा जोड दिए । 

कसैलाई अनावश्यक रूपमा उचाल्ने र देवत्वकरण गर्ने प्रवृत्ति हानिकार हुने बताउँदै धरान बनाउन सबै पक्ष संयमित भएर लाग्नुपर्नेमा जोड दिए ।

अतिथि प्राडा विक्रम प्रसाद श्रेष्ठले अभियानको निरन्तरताको शुभकामना व्यक्त गरे । 

सिराहा सरसफाइ अभियानका संयोजक समेत रहेका अतिथि धिरेन्द्र साहले सेवक अभियानले चलाएको पदयात्राको प्रशंसा गरेका थिए ।

कार्यक्रममा पञ्चेबाजा महिला समूहका महिला दिदिबहिनीहरुले रोमाञ्चक नाटक समेत प्रस्तुत गरेका थिए ।

अभियानले १०औँ स्थापना दिवस सँगै छैटौँ साधारण सभा समेत सम्पन्न गरेको छ । साधारण सभाले सर्वसम्मत रूपमा नयाँ कार्य समिति समेत चयन गरेको अभियानका नवनिर्वाचित सचिव अफाक अहमदले जानकारी दिए ।

नयाँ कार्यसमितिको अध्यक्षमा राजीव हलुवाई, उपाध्यक्ष ममता शर्मा पौडेल, महासचिव खगेन्द्र कुँवर, सचिव अफाक अहमद, कोषाध्यक्ष कमल गोयल र चिफ कोर्डिनेटरमा दीप श्रेष्ठ चयन भएका छन् ।

त्यसै गरी सदस्यहरूमा अमृता राई, मात्रिका प्रसाद नेपाल, अस्मिता भुजेल, हरेन्द्र चेम्जोङ र लक्ष्मी सिजापतिलाई चयन गरिएको अध्यक्ष राजीव हलुवाईले जानकारी दिए ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले