धरान -३ नम्बर वडाका जनप्रतिनिधी मिङ्गमा भोटेले ईलामका सोनिका राई लाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रियामार्फत बच्चा जन्माएर आर्थिक अभावमा बिचल्ली भए पछि उद्वार गरेका छन
अस्पतालले उनलाई डिस्चार्ज गर्यो, तर अस्पताल र औषधीको खर्च तिर्न नसकेर घर फर्किन सकिनन् । उनका श्रीमान् खर्च ल्याउन भनेर गाउँ गएका थिए । चार दिन बित्दा पनि आइपुगेनन् । सुत्केरी सोनिका एक दिन त बेडमा भोकै बसिन् । उनको यो विचल्ली अवस्था धरान वडा नं ३ का वडा सदस्य मिङ्मा भोटेले थाह पाए । त्यसपछि उनी सोनिकाको उद्दार गर्ने पहलमा लागि परे ।
सोनिकाको उपचार खर्च अस्पताल प्रशासनको १७ हजार र औषधी पसलको २२ हजार तिर्नुथियो । जनप्रतिनिधि भोटेको पहलमा अस्पताल प्रशासनले १७ हजार रुपैया छुट गरिदियो, भने दाताहरुबाट ३० हजार रुपैया संकलन भयो । तर औषधी पसलमा पनि पहल गर्दा २२ हजारमध्ये १० हजार रुपैया मात्र लिने सहमति जनाएको भोटेले जानकारी दिए । औषधी पसलमा १० हजार तिरेर, ५ हजार गाडीलाई तिरेर बाँकी रकम १५ हजार पनि सोनिकालाई हात लगाएर वडा सदस्य भोटेले सोमबार विदाई गरेका थिए । विदाईको क्षणमा सोनिका भावविह्वल भएकी थिइन् । उनले सहयोगीहरुलाई धन्यवाद पनि दिइन् ।
वडा सदस्य भोटेका अनुसार सोनिकाको उद्दारको लागि धरान ३ निवासी चन्दा राई समुहबाट १६ हजार रुपैया सहयोग भएको थियो भने बाँझोगरा युवा समाजबाट ९ हजार र रत्न युथ क्लबबाट ५ हजार रुपैया सहयोग भएको थियो ।
अस्पताल प्रशासनमा पहल गरेर १७ हजार मिनाह भयो । सहयोगी हातहरुबाट पनि ३० हजार संकलन भयो, र औषधी पसलमा १० हजार, गाडीलाई ५ हजार तिरेर बाकी रकम सोनिकालाई नै दियौं,’ भोटेले भने,‘हामीले विदाई गर्दा सोनिका रोइन्, सबैलाई धन्यवाद पनि दिइन् ।’
आफ्नी कान्छी बैनीलाई भेट्न अस्पतालमा जादा सोनिकाको बारेमा वडा सदस्य भोटेले जानकारी पाएका थिए । सबै कुरा बुझ्दा दुःख लागेपछि उद्दार गरि घर फर्काउने पहल गरेको उनले बताए ।
‘