धरान १७ को रेल्वे चोकमा सार्बाजानिक भेला गरेर डाँडा
घोपा एयरपोर्ट संघर्ष समिती र पुर्ब जग्गा धनीहरुले वाड न. १७ का वडा अध्यक्ष सुर्य भट्टराई (मनोज) लाई ज्ञापन पत्र बुझाएका छन। उक्त भेलालाई सम्बोधन गर्दै वडा अध्यक्ष भट्टराईले मेयरले श्रमदानको टि सर्ट लगाउन दिने मासिक ३० हजार दिने र गाली गर्न लगाएको करिब ४७ जना रहेको आरोप लागाए।
अध्यक्ष भट्टराईले मेयर साम्पाङ हिटलरको सैलिमा चलेको र भुपु लाउरेहरुलाई उचालेर धरानको इतिहासमा भुपुहरुको जुन प्रतिष्ठा र स्वतन्त्रता थियो प्रश्नचिन्ह खडा भएको बताएका छन। मेयरले श्रमदानको नाममा उठाएको पैसामा नितीगत भष्टचार गरेको, श्रमदानको टि सर्ट लगाउन दिने महिनामा ३० हजार दिने र गाली गर्न लगाएको करिब ४७ जना रहेको र पत्रकारहरुले यस बारे खोज पत्रकारिता गर्नु पर्ने बताए।
अध्यक्ष भट्टराईले आफू डाँडा घोपाबासीको पीडा बुझेको र यो माग पूरा गर्न प्रतिबद्व रहेको बताउदै यो समस्या डाँडा घोपाबासीको मात्र नभै सिङगो धरानको समस्या भएको बताएका छन। मेयर हर्क साम्पाङको सनकले धराने जनताले दुख पाएको र डाँडाघोपाबासीले पनि दुख भोगिरहेको छ यहाँको जनताले पाउने सुबिधा मेयर कै आदेशको कारण रोकिएको जानकारी गराए।
अगाडि पछाडी के कसो भए त्यो उहाँको व्यक्ती गत कुरा भए तर मेयर भैसके पछि मेयरको नाममा आएको पैसाको हिसाब किताब अनिवार्य चाहिने र आफुहरुले खोज्ने अध्यक्ष भट्टराईले बताए। फेसबुक र युटुवमा पानी छ तर असारको दिनमा धारा खोल्दा पानी आउदैन केही गर्छ कि भनेर आफूहरुले सहयोग गरेको तर २ बर्ष बित्दा पनि काम नभए पछि जनता जाग्नु पर्ने बेला भएको बताए।
धर्मको नाममा मान्छेलाई विभाजित गर्ने विकास भएको छ, जातको नाममा मान्छेलाई विभाजित गर्ने विकास भएको छ,’ भट्टराईले भने,‘गत भदौ ९ गते धरान धार्मिक युद्धको मैदान हुन्थ्यो, उहाँको कारणले तर हामीले सुझबुझपुर्ण निर्णय गर्यौं, र प्रहरी प्रशासनसँग समन्वय गरेर धरानलाई रणमैदान हुनबाट जोगायौं।
वडाअध्यक्ष भट्टराईले २०७९ असार १९ गतेको कार्यपालिका बैठकले स्वदेश तथा विदेशबाट व्यक्ति र संघसंस्थाहरुले दिएको आर्थिक सहयोग स्वीकार गर्ने र उपमहानगरको खातामा जम्मा गरेर खर्च गर्ने निर्णय गरेको स्मरण गराए । तर उक्त निर्णय विपरीत मेयर साम्पाङले आफुखुशी सहयोग लिएर जथाभावी खर्च गरेको पनि वडाअध्यक्ष भट्टराईले आरोप लगाए।
मेयर साम्पाङकै गलत रवैया र कार्यशैलीको कारण धरान उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन भएको अध्यक्ष भट्टराईको भनाई थियो । निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रज्ञा निरौला हाल नगरमै भएपनि मेयर साम्पाङको गलत कार्यलाई साथ नदिदा काम गर्न नदिएको अध्यक्ष भट्टराईले बताए । ‘केही कर्मचारीहरु अवकाश पाए, त्यहाँ हर्क साम्पाङले आफ्नो मान्छे नियुक्ती गर्न दबाब दिए । जथाभावी खर्च गरिएका बिल भौचर जर्बजस्ती पास गराउन खोज्दा प्रज्ञा निरौलाले नमानेपछि काम गर्न दिएका छैनन् ।
स्थानीय सरकार संन्चाल ऐन अनुसार मेयरले बैठक बोलाए तुरुन्तै जाने बताउदै मेयरले एकल बजेट बनाएको बताउदै अन्य २९ जनाले छुटै बजेट बनाएर पास गर्ने चेतवानी समेत अध्यक्ष भट्टराईले दिएका छ्न।
धरान १७ डाँडा घोपामा एयरपोर्ट बनाउने भनेर ४ दशक देखि भन्दै आई रहेको र यहाँका जग्गा खरिद बिक्री रोक्का भएको कुनै बिकास निर्मार्णका कामनभएको र पुर्ब पर्यटन तथा नागरीक उड्यान मन्त्री सुदन किरातीको पालामा गठित अध्यान समितीले धरानमा रहेको डाँडाघोपामा एयरपोर्ट नबन्ने निर्णय गरेपछी नगरपालिका बाट बन्चीत सेवा सुबिधा पाउनु पर्ने र जुन मुल्यमा आफ्नो जग्गा यति एयरलाईन्सले खरिद गरेको थियो त्यही मुल्यमा फिर्ता पाउनु पर्ने माग राखेर संघर्ष गरिरहेका छन।
संघर्ष समितीले ज्ञापन पत्रमा उल्लेख गरेका छन स्थानीय सरकार बाट पाउने सुबिधा पानी, बत्ती र सडकको सुबिधा पाउनु पर्ने, घर नक्सा बनाउनु पाउनु पर्ने, बिकासका पुर्बाधार निर्माण गर्न पाउनु पर्ने, सुकुम्बासी हरुले घर नम्बर पाउनु पर्ने पुर्ब जग्गा धनीहरुले आफुहरुले एयपोर्टको लागि दिएको मुल्यमा आफ्नो जग्गा पाउने पर्ने माग राखेका छन।
डाँडाघोपा बासीले एयरपोर्ट बन्ने हल्ला चलेको ४ दशक देखि बिजुली जडान गर्न, पानीको मिटर जडान गर्न, सडक निर्माण गर्न नपाएको घरको नक्सा पास नहुने जग्गा खरिद बिक्रीमा रोक्का र सुकुम्बासीहरुले घर नम्बर नपाएको बताउदै डाँडाघोपा एयरपोर्ट सघर्ष समितीका अध्यक्ष विशाल बिकले बाध्य भएर आन्दोलन गर्नु परेको बताए।