धरान विशेष

धरानमा भोली हुने कार्यपालिका बैठक वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुद्वारा बहिष्कार

धरानका मेयर हर्क साम्पाङले भोली बोलाएको बैठक गैरकानुनी भएकोले आफुहरु सहभागी नहुने कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरुले आज पत्रकार सम्मेलन जानकारी दिएका छन् ।

कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरुले बुधबार दिउँसो संयुक्त पत्रकार सम्मेलन गर्दै कानुनमा बैठक सञ्चालन सम्बन्धी कार्यविधिले नगर प्रमुखको निर्देशनमा कार्यकारी अधिकृतमार्फत बैठक आह्वान हुने र बैठकको सचिवको भुमिका पनि कार्यकारी अधिकृतले नै गुर्नपर्ने बताए । तर, मेयर साम्पाङ आफ्नो अधिकारभन्दा बाहिर गएर प्रशासन महाशाखा प्रमुख जस्तो भएर प्रशासन महाशाखाको लेटरप्याडमा कार्यपालिका बैठक बोलाएकोप्रति कार्यपालिका सदस्यहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

२० वटै वडाका वडाध्यक्ष एवम ८ जना कार्यपालिकाका सदस्य गरी २८ जनाले सामुहिक रुपमा हस्ताक्षरित विज्ञप्तीमार्फत कार्यविधि विपरीतको कामकारबाहीमा आफूहरुको कुनै पनि समर्थन नहुने बताएका थिए ।

उनीहरुले विज्ञप्तीमा उनीहरुले सदियौदेखि धार्मिक र सामाजिक सद्भाव बलियो रहेकौ धरानको सद्भाव खल्बलाउन खोजेको, गाली गलौजलाई संस्कारकै रुपमा लिएर अगाडि बढेको लगायतका आरोप लगाएका छन् ।

उनीहले विज्ञप्तीमा भनेका छन्, ‘राज्यले तिनै तहको सरकार संचालन गर्न छुट्टा छुट्टै अधिकार प्रत्योजन गरेको छ ।

राज्यले बनाएको कानुन, नीति, ऐन कार्यान्यवन गर्ने जिम्मेवारी हाम्रो पनि हो । तर पछिल्लो समय धरानका नगरप्रमुखले राज्यको कानुन, निति, ऐन र प्रकृया विपरित मनोमानी ढंगले कामहरु गर्दै आएको बताए।

बिहिबार बोलाइएको बैठक हाल स्थगित गरेर ऐनले तोकेको प्रक्रिया पुरा गरि कार्यपालिका बैठक बोलाउन पनि वडाअध्यक्ष एवं कार्यपालिका सदस्यहरुले माग गरेका छन् । वडा नं १७ का अध्यक्ष एवं नगर कार्यपालिकाका प्रवक्ता सुर्यबहादुर भट्टराईले विगतमा धरानमा कर्मचारीहरु आउन चाहने तर पछिल्लो २ बर्षमा मेयर साम्पाङको कार्यशैलीको कारण आउनै डराउने गरेको बताए । ‘मेयरले आफै सही गरेर बैठक बोलाउने पत्र पठाए, त्यो प्रमुख प्रशासकीय अधिकृतले गर्ने हो । त्यसरी पत्राचार गर्नु अवैध हो, बैठक बसिहाले पनि औचित्य छैन,’उनले भने,‘विधि र प्रक्रियासम्मत बैठक बोलाउन आग्रह गरेका छन ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।