खेलकुद

सुनाखरीबाट वर्षा राई ८ औ दक्षिण एशियाली कराते च्याम्पियनसिपमा भाग लिन भुटान जाने

धरान: धरान-१२ स्थित सुनाखरी एकेडेमीबाट वर्षा राई भुटानको राजधानी थिम्पुमा हुने ८ औ दक्षिण एशियाली कराते च्याम्पियनसिपमा भाग लिन भुटान जाने भएकी छिन।

  ज्येष्ठ २१ गतेदेखि २३ गतेसम्म काठमाडौमा भएको ५६ औ राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरि  भुटानमा हुने प्रतियोगिताका लागि छनोट भएकी हुन। आगामी जुलाई १३ देखि २० सम्म दक्षिण एशियाली कराते प्रतियोगिता हुने भएको छ।

सुलेखा ठाकुर पोखरा प्रस्थान

   यसैबीच सुनाखरीकै अर्का छात्रा सुलेखा ठाकुर १५ बर्ष मुनिका जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगीतामा भाग लिन सोमबार  पोखरा प्रस्थान गरेकी छन।

पोखरामा यही ज्येष्ठ ३० र ३१ गते यु-१५ राष्ट्रिय टेबल टेनिस प्रतियोगीता हुने भएको छ। ज्येष्ठ २६ गते सनिवार कोशी प्रदेस टेबलटेनिस सङ्घले इटहरीमा आयोजना गरेको टेबलटेनिस प्रतियोगीतामा सुलेखा प्रथम हुँदै पोखरामा हुने राष्ट्रिय टेबलटेनिसका लागि छनोट भएकी थिइन।

छात्र-छात्राहरुलाई बधाई तथा शुभकामना

  सुनाखरी एकेडेमीले विभिन्न बिधामा सफल छात्राहरुलाई बधाई सहित शुभकामना ब्यक्त गरेको छ। ५६ औ राष्ट्रिय कराते च्याम्पियनसिपको टिम काटामा दोश्रो र फाईटमा तेश्रो हुने निमा डोल्मा तामाङलाई स्कुलका प्रीन्सिपल मिलन राई, निर्देसक प्रदिप राई लगायतले अबिर र खदा लगाई सम्मान गरे।

 यसैगरी ५६ औ राष्ट्रिय कराते प्रतियोगितामा प्रथम भएकी वर्षा राई र कोशी प्रदेस स्तरीय टेबलटेनिस प्रतियोगीतामा प्रथम भएकी सुलेखा ठाकुरलाई स्कुलले सम्मान गरेको छ।

त्यस्तै फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि. द्वारा संचालित एफ.टि.एल. अनलाईन टिभिले आयोजना गरेको एस.ई.ई. २०२४ को फाईनलमा पुग्न सफल अनिस राईलाई समेत स्कुलले अबिर र खदा लगाई सम्मान गरेको छ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक