मनोरञ्जन समाचार

एस.ई.ई.आईडलका फाईनलिस्ट सलिनाले भानु स्मृतिमा नृत्य प्रस्तुत गर्दै मागिन भोट

धरान: फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा आयोजित कोशी प्रदेस स्तरीय एस.ई.ई.आईडल-२०२४ का टप फाईनलिस्ट सलिना बिश्वकर्माले सोमबार आफुले एस.ई.ई.दिएको भानु स्मृति मा.बि. धरान- ३ पुगेर नृत्य प्रस्तुत गरि भोट मागेकी छिन।

   बिद्यालयले बाताबरण मिलाई दिए पछि सलिनालाई यो अवसर जुरेको हो। सलिनाले नृत्य प्रस्तुत गर्दा स्कुलका अन्य बिद्यार्थीहरुले  तालीले साथ दिएका थिए।  आफू उत्कृष्ट १० मा पुग्नको लागि सपोर्ट गर्ने बिद्यालय परिवारलाई धन्यवाद ब्यक्त गर्दै आफुलाई  भोट दिएर फाईनलमा जिताउन उनले शिक्षक, शिक्षिका र अभिभावकहरुलाई आग्रह गरिन।

स्कुलका प्रधानाध्यापक रबिन सुबेदीले सलिना उत्कृष्ट १० पुग्दा खुशी लागेको बताउदै सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। एस.ई.ई.आईडलका निर्देशक राम लिम्बुले स्कुललाई बधाई दिदै भोट गर्ने तरिका सहित आगामी असार-७ गते चुम्लुङ भवन धरान-१५ मा ग्रान्ड फिनाले हुनेबारे जानकारी दिए।

बिद्यालयका प्रधानाध्यापक रबिन सुवेदी, शिक्षक ओम रिमाल, सुनिता राई र गिता कार्की लगायतले सलिनालाई अबिर र खदा लगाएर फाईनलमा जितको लागि शुभकामना दिए। कार्यक्रमको सन्चालन बिद्यालयका शिक्षक ओम रिमालले गरेका थिए।

छुटाउनुभयो कि ?

मनोरञ्जन समाचार सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
मनोरञ्जन समाचार

परदेशी २ चलचित्र टिम धरानमा

नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता