धरान: धरान-५ देउराली स्थित डी पी बिलिभर्स इङ्गलिस स्कुलमा लागु औषध दुर्ब्यसन सम्बन्धी एक दिने जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
स्कुलका प्राचार्य संजीप बान्तवाको अध्यक्षतामा भएको सेमिनारमा कक्षा ७ देखि १० सम्मका विद्यार्थी, अभिभावक र शिक्षकहरुको सहभागिता थियो ।
कार्यक्रममा स्कुलका प्राचार्य संजीप बान्तवाले विद्यालयतहदेखि नै विद्यार्थीहरुलाई अध्ययनसँगै विविध अत्यावश्यक विषयहरूमा सचेतनामुलक कार्यक्रमहरु आयोजना गरि लागु पदार्थ एवम् मद्यपानबाट व्यक्ति, परिवार र समाजमा हुने समस्याहरुको बारेमा जानकारी दिन आवश्यक रहेको बताए । उनले सर्बप्रथम आफु सचेत भएर परिवार र समाजमा पनि सोहि ज्ञान बाडेर धेरैलाई लागू पदार्थ दुर्व्यसनीको सिकार हुनबाट जोगाउँदै लागु पदार्थ एवम् मद्यपान मुक्त समाजको स्थापना गर्न सकिने बताए ।
धरान ५ को न्यू होरिजोन सेन्टरका रमेश बान्तवा, घनश्याम थापा , स्वयम सेवकहरू सिधान्त श्रेष्ठ र साहिल मगरले सहजिकरण गरेका थिए । कार्यक्रममा १ सय ५० सहभागीहरू रहेका थिए । उक्त कार्यक्रम दुइ सत्र गरि लागु पदार्थ एवम् मद्यपान दुर्व्यसन सम्बंदी सूचनात्मक, रोकथाम, लक्षणहरू र अन्तरक्रिया सत्र गरि आयोजना गरिएको थियो।
स्कुलका सह- प्राचार्य कुर्मित लेप्चा ( बान्तवा) ले सहभागीहरु धन्यवाद र वक्ताहरूलाई मायाको चिनो प्रदान गरिन। उक्त कार्यक्रम शिक्षक हेमराज गुरुङले सञ्चलन गरेका थिए ।