समाज

नेपाली कांग्रेस र नेवार एकता समाज सम्मानित

धरान: महाकुम्भमा नेपाली कांग्रेस र नेवार एकता समाजलाई सम्मान गरिएको छ ।

बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा नेपाली कांग्रेसले तिर्थालु भक्तजनहरुको स्वास्थ्यलाई ध्यानमा राखेर धरानस्थित पिण्डेश्वर बाबाधाम परिसरमा महाकुम्भ अवधिभर एक महिने निःशुल्क हेल्थ डेस्क सञ्चालन गरेको र नेवार एकता समाजले सोही स्थानमा भक्तजनहरुलाई निःशुल्क पिउने पानी वितरण गरेको भन्दै सम्मान गरिएको बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिका सह–अध्यक्ष तथा बराहक्षेत्र नगर प्रमुख रमेश कार्कीले बताए ।

नेपाली कांग्रेसको प्रतिनिधिसभा क्षेत्र नं. १, सुनसरीका क्षेत्रीय सभापति सुजेन्द्र तामाङ र नेवार एकता समाजका अध्यक्ष महेश श्रेष्ठले सम्मान–पत्र ग्रहण गरेका थिए । उनीहरुलाई मूल आयोजक समितिका अध्यक्ष एवम् अनन्त श्री विभूषित जगदगुरु श्री बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीले सम्मान–पत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएका थिए ।

सम्मान ग्रहण गर्दै क्षेत्रीय सभापति तामाङ र अध्यक्ष श्रेष्ठले सामाजिक तथा मानवीय सेवामा पुर्‍याएको योगदानको मूल्यांकन भएको भन्दै खुशी व्यक्त गरेका छन् । सो अवसरमा प्रदेश सांसद मा. ममता तामाङ, बराहक्षेत्र नगर प्रमुख रमेश कार्की, नेपाली कांग्रेसका प्रदेशसभा १(१) कोषाध्यक्ष रमिना सुब्बा गुरुङ, बराहक्षेत्र–२ का सभापति अमर कटवाल लगायतका नेताहरको उपस्थिति रहेको थियो ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले