धरान विशेष

धरान आदर्श बोर्डिङ मा.बि. कक्षा-१२ का बिद्यार्थीलाई बिदाई

    धरान: धरान-१ स्थित धरान आदर्श बोर्डिङ मा. बि. मा कक्षा-१२ को अध्ययन पूरा गरि नेपाल परीक्षा बोर्डले लिने बार्षिक परीक्षाको तयारी गरिरहेका बिद्यार्थीहरुलाई सोमबार बिदाई गरिएको छ।

     धरान-१५ स्थित याक्थुङ चुम्लुङ हिममा एक कार्यक्रमको आयोजना गरि कक्षा-१२ लाई बिदाई गरिएको हो। स्कुलका अध्यक्ष सुनिता न्यौपाने, प्रीन्सिपल लोकेन्द्र श्रेष्ठ, एकेडेमिक डाईरेक्टर मोहन पोख्रेल, फाईनान्स अफिसर फडिन्द्र थापा, कोअर्डिनेटर दिलिप चौधरी लगायतले कक्षा-१२ का बिद्यार्थीहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै अबिर र खदा लगाएर बिदाई गरे।

   खेलकुद लगायत अतिरिक्त क्रीयाकलापका विभिन्न बिधामा उत्कृष्ट भएका बिद्यार्थीहरुलाई पुरस्कार र प्रमाणपत्र बितरण गरिएको थियो। कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न प्रकारका नृत्य र गीत प्रस्तुत गरि मनोरन्जन प्रदान गरे। कक्षा-१२ को बार्षिक परीक्षा आगामी २०८१ साल बैशाख -१४ गतेदेखी सुरु हुँदैछ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।