धरान: विरेन्द मेमोरियल कलेज धरानमा विद्यार्थीहरुको स्वागत तथा विदाई कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
कलेजले धरान उच्चको प्राङगणमा एक कार्यक्रमको आयोजना गरी सो कार्यक्रम सम्पन्न गरेको हो ।
कलेजले एमबिएस प्रथम सेमेष्टरमा आउनेलाई स्वागत र बिबिएस चौथो वर्ष र एमबिएस चौथो सेमेष्टरका विद्यार्थीहरुलाई विदाई कार्यक्रम गरेको हो ।
कलेजकी विद्यार्थी यशोदा लिम्वुले कार्यक्रममा बोल्दै कक्षा ११ मा कलेज आउदा आफुलाई सामान्य कुराको जानकारी नभएको अनुभव सुनाउदै कडा मेहनत पश्चात प्रदेश प्रथम सम्म भएको बताइन । उनले भनिन–सामुदायिक स्कुल पढेर आएको हुदा शुरुमा आफूलाई निकै गारो भएपनि विविएसमा भने कडा मेहनतका कारण प्रदेश कै उत्कृष्ट नतिजा ल्याउन सफल भए । सफलता हात पार्नको लागि कडा परिश्रम र मेहनतको आबश्यकता रहेको उनको भनाई थियो ।
कार्यक्रमका प्रमुख अतिथिग कोशि प्रदेशका पुर्व प्रदेश प्रमुख गोविन्द तुम्वाहाङले विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्नु भएको थियो ।उक्त कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल तारा बहादुर निरौलाले विद्यार्थीहरुले कडा मेहनत गरेर पढेको खण्डमा सहज रुपममा सफलता हासिल गर्ने वताउनु भयो । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न गीतमा नृत्य प्रस्तुत गरी मनोरन्जन दिलाएका थिए ।
सो अवसरमा स्थानीय व्यवसायिकहरुको स्थलगत रुपमा अध्ययन गरी निर्माण गरीएको भिडियो प्रतियोगिता उत्कृष्ट हुने समूहलाई नगद तथा प्रमाण पत्र प्रदान गरीएको थियो भने सहभागी विद्यार्थीहरुलाई प्रमाण–पत्र प्रदान गरीएको थियो ।
कार्यक्रममा धरान उच्चका प्रिन्सिपल हेमचँन्द्र अधिकारी, महेन्द्र क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा धरान उच्चका संचालक चन्द्र फोम्वो, विरेन्द्र मेमोरीयल कलेज विज्ञान संकायका इन्चार्ज सुनिल भगत लगायतको उपस्थिति रहेका थियो ।