Uncategorized खेलकुद

चैत २३ गते देखि चौथो विक्रम राई स्मृती भेट्रन फुटबल प्रतियोगिता हुने

धरान भेट्रन फुटबल क्लवको आयोजनामा चौथो विक्रम राई स्मृती भेट्रन फुटबल प्रतियोगिता धरान १६ स्थीत धरान रगंशालामा चैत २३ गते शुक्रवार देखि चैत ३० गते सम्म हुने आज पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको छ।

मिनी ब्राजिलको उपनामले चिनिएको धरानमा बालबालिका उमेर समुह देखि चालिस वर्ष काटेका पूर्व वरिष्ठ खेलाडीहरु सम्मिलित विभिन्न फुटवल प्रतियोगिताहरु धरानम आयोजना हुने गरेको छ । जसको कारण धरान र नेपालमै फुटवल खेलको विकाशको सम्भावना अझ उच्च रुपमा बढेर गएको धरान भेट्रन फुटबल क्ल्वका अध्यक्ष रोमी मोक्तानले बताए ।

धरान भेट्रान फुटवल क्लबको आयोजनामा भएको प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि सरकारी, गैरसरकारी, संस्थाहरु, विशेष व्यक्तित्वहरु, विदेशमा रहेका व्यक्तित्वहरुलाई सहकार्य गर्दै आइरहेको र सो कार्यामा पत्रकारहरुले विगत वर्षहरुमा झै खेलकुद विकासमा सहयोग पुर्‍याएकोमा धन्यवाद दिदै यस बर्ष पनि सहयोग गरिदिनुहुन आग्रह गरेका छन ।

संस्थाका संरक्षक एन्फाका मानर्थ उपाध्यक्ष एन्फा कोशी प्रदेशका अध्यक्ष किशोर राईले भने “नेपाली फुटबलमा धरानको योगदान रहेको र अहिले पनि देशको ठूलो क्लवहरुमा धरानको खेलाडीले खेलिरहेको छ। आफ्नो स्वर्गीय भाइ विक्रम राईको सम्झनामा हुने चौथो विक्रम राई भेट्रन फुटबल प्रतियोगितालाई सफलताको शुभकामना व्यक्त गरे।

आयोजकका अनुसार खेलकुदको शहरको रुपमा ख्याति कमाएको धरानमा स्व विक्रम राई स्मृति भेट्रान फुटवल प्रतियोगिताको आयोजनाले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफ्नो समयमा प्रसिद्ध भेट्रान खेलाडीहरुको सहभागिताले सम्पूर्ण धरानवासीहरुलाई मनोरञ्जनका साथै फुटवल जगतलाई उत्साह प्रदान गर्दै नेपाली फुटवललाई योगदान पुराउने बिश्वास लिईएको जनाएको छ ।

यसका अलावा चालिस बर्ष उमेर काटेका ख्याती प्राप्त खेलाडीहरुको सहभागिताले स्वस्थ्य नागरिक उत्पादन गर्ने साथै समाजमा सकारात्मक योगदान पुर्याउने कार्यमा निकै महत्वपूर्ण भूमिका खेल्ने भएकोले यस किसिमका कार्यक्रमलाई महत्वपूर्ण जिमेवारीका साथ आगाडी बढाईएको आयोजक समिति प्रतिबद्धता जाहेर गरेको छ ।

उक्त प्रतियोगितामा १२ टिम सहभागी हुनेछ र प्रथम पुरस्कार १ लाख ५ हजार, दृतिया पुरस्कार ६० हजार ट्रफी रहेको आयोजकले जानकारी दिएको छ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक