धरान विशेष

धरान: कार्यपालिका बैठकमा बिवाद, नगरसभा फ्रमालेटी पूरा गदै सम्पन्न

आज मंगलबार धरान उपमहानगरपालिकाले १४ औ नगर अधिवेशन कार्यक्रम गर्नु अघि विहान धरान उपमहानगरपालिकाले राखेको कार्यपालिका बैठकमा मेयर हर्क साम्पाङ र उपमेयर, वडाध्यक्ष र कार्यपालिका सद्स्य विच केही असहमति भएता पनि बेलुका सैनिक भवनमा १४ औ नगर अधिवेशन तथा नगर सभा सम्पन्न भएको छ।

नगर सभा संचालन हुनु अघि नगर सभाको आचार संहिताबारे प्रशासकिय प्रमुख प्रज्ञा निरौलाले जानकारी गराएकी थिईन।

धरान उपमहानगरपालिका नगर सभाले चालू आर्थिक बर्ष २०८०/०८१ को माघ मसान्तसम्मको आय व्यय प्रस्तुत गरेको छ । ६३ करोड ५८ लाख ४५ हजार ६ सय ८१ मात्र व्यय भएको सार्वजानिक गरेको हो ।

मेयर हर्क साङपाङको सभाध्यक्षमा भएको १४ औं अधिवेशनलाई सम्वोधन गर्दै उपमेयर अईन्द्र विक्रम वेघाले नगर सभाको १३ औं अधिवेशनले स्वीकृत भएको आयव्यय प्रस्तुत् गरेका हुन् । उनले माघ मसान्तसम्ममा नगरको आयमा ८२ करोड ५५ लाख ६० हजार ८ सय आठ मात्र अथार्त कुल अनुमानको ४७.९८ प्रतिशत आय प्राप्त भएको बताए । उनले समिक्षा गर्दै भने, “संघिय सरकारको अनुदान ५४ प्रतिशत, प्रदेश सरकारको अनुदान २८ प्रतिशत, राजस्व बाँडफाँडमा ३५ प्रतिशत र आन्तरिक आय तर्फ ४७ प्रतिशत भएको भएता पनि गतबर्षको मौज्दात रकमलाई हटाएर हेर्ने हो भने ३८ प्रतिशत मात्र आन्तरिक आम्दानी भएको अवस्थालाई सन्तोस जनक मान्न नसकिने भएकोले सभाको विशेष ध्यान जान आवश्यक देखिन्छ ।”

उपमेयर वेघाले व्यय तर्फ भएको विवरण प्रस्तुत् गर्दै भने, “यसैगरी व्यय तर्फ नगरपालिका र वडा कार्यतर्फ गरी जम्मा कुल ६३ करोड ५८ लाख ४५ हजार ६ सय ८१ मात्र अर्थात कुल व्यय अनुमानको ३७ प्रतिशत मात्र खर्च हुन सकेको छ । उक्त खर्चमध्ये चालू खर्च तर्फ विनियोजित बजेटको ४३ करोड ७९ लाख २२ हजार ६ सय ४८ मात्र र पूजिगत तर्फ विनियोजित बजेटको १८ करोड १४ लाख ६४ हजार ९ सय ४७ खर्च भएको छ ।”

अधिवेशनले आर्थिक बर्ष २०८०/०८१ को कार्यक्रमको संसोधनको प्रस्ताव स्वीकृतको लागि तालीबजाएर अनुमोदन गरेको छ । यसैगरी सार्वजानिक लेखा समितिको प्रतिवेदन प्रस्तुत अर्थ तथा सार्वजनिक लेखा समितिका संयोजक एवं धरान कार्यपालिका सदस्य ब्रहमज्ञ प्रसाद भट्टराईले गरेकोमा उक्त प्रतिवेदन अनुमोदन भएको छ ।

आज दिउँसो १ बजे सुरु हुने भनिएको धरान उपमहानगरपालिकाको १२ औँ नगरसभा झन्डै ५ घण्टा पछि सुरु भएको थियो ।


ढिलो सुरु भएको नगर सभा ३ घण्टा पनि चलेन । ४ बजेर ३० मिनेट जाँदा नगरसभा सुरु भएको थियो । साँझ ६ बजेर ५० मिनेट जाँदा नगरसभा सकियो।

उपमहानगरपालिकाकी प्रशासकीय अधिकृत प्रज्ञा निरौलाले भनिन् ‘साँझ परेपछि सबै जना नगरसभा सकियो भन्दै हिँडे ।’ यसअघि बोल्न चाहनेहरूको सङ्ख्या धेरै भएकोले रातभर लाग्न सक्ने बताएकी अधिकृत निरौलाले भनिन् ‘दिनभर पर्खिदा थाकेर होला सबै घर हिँड्नु भयो ।’

नगरसभामा उपस्थीत अधिकाशले हतार हतारमा भयो प्रकृयागत नभएको समय अभावको कारणले छलफल पनि हुन सकेना नगरसभा गरेको जस्तो गरेर फ्रमालेटी मात्र पूरा गरेको धारणा व्यक्त गरे।

उक्त नगर सभाको १४ औं अधिवेशनमा प्रदेश सभा सदस्यहरु रमेश बस्नेत र विजय कुमार राईले शुभकामना मन्तव्य राखेका थिए ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।