कोले न्युज: धरान-१५ स्थित किरात याक्थुङ चुम्लुङको सभाहलमा कन्सर्ट बेस्ड रियालिटी शो’ सङ्खुवासभा आइडल सिजन-३ अन्तर्गत धरानमा आगामी माघ २६ गते शुक्रबार ‘साइनो साँझ’ आयोजना हुने भएको छ ।
उक्त कार्यक्रममा सङ्खुवासभा आइडल सिजन-३ का उत्कृष्ट १३ ले प्रस्तुति दिनेछन् । प्रस्तुतिबाट उत्कृष्ट ५ छनोट हुने र आइडलभर जम्मा २९ वटा कन्सर्ट आयोजना हुने हाल २४ वटा कन्सर्ट सकिएको छ संयोजक वीरबहादुर लिम्बूले जानकारी दिए ।
उत्कृष्ट ५ प्रतियोगीले व्यक्तिगत एउटा गीत रेकर्ड गराउने अवसर प्राप्त गर्नेछन् ‘स्टुडियो राउण्डमा ५ सिनियर सङ्गीतकारका गीत पाउने छन् भने ५ जनाको ‘डेब्यु सङ’ लिएर दार्जिलिङ र सिक्किमको सात दिने भ्रमणमा जानेछन् संयोजक लिम्बूले बताए।
धरानमा हुने साईनो साझ कन्सर्टका टिकट दर फेमेली १ हजार, व्यक्तिगत ५ सय र १ सय रुपैयाँ राखिएको छ । प्रतियोगीले २-२ वटा गीत प्रस्तुत गर्नेछन् ।
धरानमा २ लाख खर्चमा कन्सर्ट आयोजना गर्न लागिएको आयोजकको भनाइ छ । उत्कृष्ट २० देखि भोटिङ राउण्ड सुरु भएको आइडलको उत्कृष्ट १० छनोटपछि ३ जनालाई ‘वाइल्ड कार्ड’ मार्फत प्रवेश गराइएको आइडलका सहसंयोजक मनिष श्रेष्ठले जानकारी दिए ।
आइडलको उत्कृष्ट-५ धरानमा भएपछि उत्कृष्ट-३ राजधानीस्थित राष्ट्रिय नाचघरमा हुनेछ । यस्तै फिनाले सङ्खुवा सभाको खाँदबारीमा हुने आयोजकले जानकारी दिएको छ ।