आर्थिक

बराहले बचत रकम फिर्ता लिन आउन बचत कर्ताहरुलाई आग्रह गर्‍यो

कोले न्युज: बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरानका अध्यक्ष मान बहादुर विश्वकर्माले वक्तव्य जारी गरि बचत रकम फिर्ता लिन आउन आग्रह गरेका छन।

मंगलवार एक वक्तव्य जारी गरी साना बचत कर्ताहरुलाई आफ्नो बचत रकम फिर्ता लिन आउन आग्रह गरेको छ।
यस अघि ५०० सय रुपैयाँ बचत रकम रहेका ३ हजार ३ सय ३८ वटा खाताको बचत फिर्ता गरेको छ । त्यस्तै १ हजार बचत रहेको ४ हजार ७ सय ९८ वटा खाताबाला बचत कर्ताहरुको बचत रकम फिर्ता गरिएको र अब माघ १६ गते देखि १००१ देखि २००० हजार सम्म बचत रहेका बचत कर्ताहरुको रकम फिर्ता गर्ने कार्य प्रारम्भ भएकोले आ-आफ्नो बचत पासबुक लिई बचत रकम फिर्ता लिन आउन वक्तव्य मार्फत आग्रह गरेका छन।

विषम परिस्थीतीले बचत कर्ताको बचत फिर्ता दिन नसकेको जानकारी दिदै रु १००१ देखि रु २००० खातामा मौज्दात व्यालेन्स भएका बचत कर्ताहरुले धरान ८ को बराह बचत तथा ॠण सहकारीको कार्यलयमा शनिवार बाहेक १०:३० देखि ३ बजे सम्म आफ्नो पासबुक लिएर माघ १७ गते देखि फागुन १६ गते सम्म उपस्थीत हुन वक्तव्यमा भनिएको छ।

बराहले पछिल्लो चरणमा नगद रकम जुहो गर्न नसक्दा बराह संग रहेको विभिन्न ठाउँका जग्गाहरू ठूला बचत कर्ताहरुलाई दिएर पनि आफ्नो दायित्व घटाई रहेका छन्। केही दिन अगाडी सुनसरीको कलबन्जरमा बिजुली बत्ती, नाला सहितको आवास क्षेत्रका प्लानिङ्ग जग्गाहरू बचत कर्ताहरुलाई रजिस्ट्रेसन पास गरी दिँदै आएकोले उक्त क्षेत्रमा रहेको जग्गाहरू लिन चाहने बचत कर्ताहरुले बराह सहकारीको भोटेपूल स्थित कार्यालयमा सम्पर्क राख्न आग्रह समेत गरेको छ।

छुटाउनुभयो कि ?

आर्थिक महिला/बालबालिका

विलिभर्स स्कुलले अभिभावकलाई सिकायो अचार बनाउने सीप

धरानः धरान–५ स्थित डिपी विलिभर्स स्कुलका अभिभावकहरूको लागि एकदिने खाद्य स्वच्छता तथा अचार बनाउने तालिम सम्पन्न भएको छ ।स्कुलका प्राचार्य
आर्थिक

पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरि निगमले मूल्य घटाएको