बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पद बढुवाको माग राखी शिक्षक र कर्मचारी आदोलित भए पछि बिरामीहरुले उपचार नपाएको भन्दै धरान–१८ का वडाध्यक्षको नेतृत्वमा बिपि बचाउ भन्दै शान्तिपूर्ण र्याली निकालिएको छ ।
क्याम्प गेटअगाडिबाट शुरु भएको र्याली उपकुलपतिको कार्यालय अघिसम्म पुगेर टुङगिएको छ । वडा अध्यक्ष नरेन्द्र राई (प्रविन) ले भने प्रतिष्ठानका पदाधिकारी, राजनीतिकले, शिक्षक, कर्मचारी साथै गुटबन्दीले प्रतिष्ठानमा उपचार सेवा समेत ठप्प भएको र जनताले उपचार नपाए पछि बाध्य भएर आन्दोलन गर्न परेको राईले बताएका छन् ।
वडाध्यक्ष राईले भने तत्काल अस्पतालले उपचार सेवा र पठनपाठन सुचारु गर्न माग गर्दै,बिपि प्रतिष्ठान सुधार्न हदै कोसिस भएको र सबैले लत्तो छाडे, भण्डाफोर गर्दै प्रतिष्ठानको गेटअगाडि धर्ना बस्ने समेत चेतावनी दिएका छन् । विभिन्न प्लेकार्ड बोकेर सयौं धरानेहरु उपस्थीत भएका थिए।
जनताको मौलिक हक’ स्वास्थ्य उपचार खोसिन सक्ने अवस्था सिर्जना भएकोले त्यसको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने ध्यानाकर्षण गराउँदै आम धरानवासी बिरामी हुँदा आफ्नै आँगनको अस्पतालमा उपचारबाट वञ्चित हुने अवस्थाप्रति मूकदर्शक भएर बस्न नसकिने’ बताउँदै धेरैतिरबाट फोन आउँछ, तपाईकै आँगनमा रहेको प्रतिष्ठान खुल्यो कि बन्द छ भनेर सोध्दा मैले जवाफ दिन सकेको छैन, त्यही भएर आजदेखि आन्दोलन शुरु गरेको जानकारी दिदै पार्टीबाट पनि आन्दोलन नगर भन्दै दबाव आएको खुलास गर्दै पार्टीले कारवाही गरे व्यवसाय गर्दै बस्छु भन्ने अठोटले सबैको हितको लागि आन्दोलनमा होमिएको राईले बताए ।
प्रतिष्ठानका चिकित्सक शिक्षक, कर्मचारीहरूले बढुवा प्रकृया सुरु गर्नु पर्ने र कामु उपकुलपति प्राडा.प्रहलाद कार्कीलाई बर्खास्त गर्न माग गर्दै आन्दोलनका कारण बिपि प्रतिष्ठानको उपचार सेवा र पठनपाठन ठप्प छ।