Uncategorized खेलकुद

धरान वडा १२ ट्राईब्रेकरमा ३-१ गोलले धरान-१० लाई हराउँदै विजयी

गोधुली रनिङ कप फुटबल प्रतियोगिताको आइतबार भएको खेलमा धरान-१२ टाइब्रेकरमा धरान-१० लाई ३-१ गोलले पराजित गर्दै विजयी भएको छ ।

धरान रङ्गशालामा जारी प्रतियोगिताको खेलमा दुवै टिम १-१ गोल गरी बराबरीमा रहेको थियो । निर्धारित समयमा दुवै तर्फबाट थप गोल नभएपछि खेल टाइब्रेकरमा गएको हो ।

रोचक प्रतिस्पर्धाका बिच खेलको ७ मिनेटमा धरान-१२ का मनिस मगरले पहिलो गोल गरेका थिए । दोस्रो हाफमा धरान-१० का सलिन राईले १ गोल गरेपछि खेल बराबरमा पुगेको थियो ।

ट्राईबेकरमा धरान-१२ का ओम कुमार लिम्बु, सन्जुकुमार राई, विक्रम मरीकले गोल गरे । समीर लिम्बूको प्रहार आउट भयो । धरान-१० का दिल्लीश्वर लिम्बू र अजय लिम्बुको प्रहार बारमा लागेर बाहिरियो । मिक्सन लिम्बुको आउट भयो । ताङ्गसाङ्ग लिम्बुले मात्र गोल गरे ।

खेलको म्यान अफ दि म्याच धरान-१२ का विक्रम मरीक घोषित भए । उनलाई १५ सय नगद पुरस्कार प्रदान गरियो । आज सोमबारको पहिलो खेल धरान-३ र धरान-१८ तथा दोस्रो खेल धरान-१ र धरान-११ हुनेछ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक