रोहित कुलुङ राई
पुस २० गते देखि सुरु भएको १२३ औँ धरान उत्सवको चौथो दिन सोमबार बिहान धरानमा पहिलो पटक श्रमदाता र्याली निकालिएको छ।
मेयर हर्क साम्पाङको नेतृत्वमा निकालिएको श्रमदाता र्याली धरान उपमहानगरपालिकाको प्राङगण बाट सुरु भएर नयाँ सब्जी बजार, भानुचोक, छाताचोक हुँदै पब्लिक स्कुलमा आएर समापन भएको थियो। र्यालीमा उपस्थीत श्रमदाताहरुले बेल्चा, गैती,कोदालो, मार्तोल श्रम गर्दा प्रयोग भएका औजार सहित सहभागी भएका थिए।
स्थानीय तहको २०७९ बैशाक ३० गते सम्पन्न निर्वाचनबाट धरानको मेयर पदमा स्वतन्त्र बाट धरान उपनगरपालिकाको मेयरमा निर्वाचित भए पछि हर्क साम्पाङले धरानमा रहेको खानेपानी समस्याको समधानका लागि धरान वरिपरि रहेका खोला खोल्सीबाट पानी ल्याउन र पानीको मुहानमा बिरुवा रोप्न श्रमदान संन्चालन गरेका थिए। धराने जनतामा साम्पाङले श्रमदानको आव्हान गरे सगै धरानबासी र देश विदेश बाट धरानमा आएर श्रमदान गरेका छन।
देश बिदेशका नेपालीहरुको आर्थिक सहयोग र श्रमदान बाट पकुवा, सर्दु, खर्दु, निशाने, भालुखोला र कोकाहा खोला बाट पाईप बिछाएर पानी ल्याउने कार्य सम्पन्न समेत गरेका छन। बिशेष धरानका लाउरेहरुको सहयोगमा धन्यावाद ट्याङ्की पनि निर्माण भएको छ। सर्दु र खर्दुको पानीको मुहानमा लाखौ बिरुवा रोपेका साम्पाङले जानकारी दिएका छन। अहिले पनि धरानमा श्रमदान निरन्तर चलिरहेको छ सर्दुखोलामा रिजब ट्याङ्की बनाउने कार्य भै रहेको छ।
धरानमा भएको श्रमदानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सहभागी जनाई सकेका छन। पर्यटन मन्त्री सुदन किराँती र नेपालका चर्चित कलकारहरुले पनि धरान आएर श्रमदान गरीसकेका छन। अहिले सम्पाङ्गले चलाएको श्रमदान देश बिदेशमा चर्चामा छ। साम्पाङले हप्तामा छ दिन पेटको लागि शनिवार एक दिन देशको लागि भन्दै शनिवारलाई श्रमबार घोषणा नै गरेका छन। निरन्तर १८ महिना भयो श्रमदान चलिरहेको छ।
हर्क साम्पाङले चलाएको श्रमदान अभियानको सबै क्षेत्रबाट प्रशंसा भएको छ। सहयोग संगै आलोचना पनि भएको छ धरान उपमहानगरपालिकाको मेयरले कार्यपालिका बैठकबाट निर्णय गराएर श्रमदान चलाएको भए सबै धरानेको अपनत्व हुने थियो भन्ने आवज चर्को रुपमा उठेको थियो। अहिले चलाई रहेको श्रम अभियान मेयरको हैसियतले हैन अभियन्ताको हैसियत बाट भएको राजनिती दल र कार्यपालिका सदस्यहरु भनाई छ। खानेपानीको लागि प्राप्त भएको रकम नगरपालिकाको खाता बाट कारोबार गर्ने कार्यपालिकामा निर्णय भए पनि आफुखुशी मेयरले आर्थिक संकलन गरेको र मेयरको प्रत्यक्ष सहभागितामा भएको आर्थिक कारोवार र खर्चको हिसाब अडिट गर्नु पर्नेमा नगरेको भन्दै भष्टचार भएको भन्दै साम्पाङ माथी प्रश्न पनि उठेको छ।
साम्पाङले श्रमदानबाट ल्याएको पानी बर्षादको समयमा मात्र पानी आउने हिउदमा सुक्खा भएपछी पानीको मुहान सुक्ने हुदा धराने जनताको पानीको समस्या समधान नहुने विज्ञहरु बताउछन। विज्ञहरु संग सुझाव र अध्यान नै नगरी जनताको करोडौ पैसा लगानी भए पनि दिर्घाकालिन समस्याको समाधान नहुने कर्यपालिका सद्स्यहरुले बैठकमा पटक पटक उठाउदै आईरहेको छ।
श्रमदाता र्याली पब्लिक स्कुलको खेल मैदान पुगे पछि साम्पाङ आफैले लेखेको गीत “श्रमदाताहो तिमी नै हौ देश बनाउने” गीतमा मेयर, उपमेयर र श्रमदाताहरु नाचगन गरेका थिए।