मनोरञ्जन समाचार

धरान उत्सवको तेस्रो दिन लोक दोहोरी प्रतियोगीता, ८ समूह सहभागिता

लक्ष्मण थापा

१२३ औं धरान उत्सवको अवसरमा प्रत्येक दिन विविध साँस्कृतिक साँझ कार्यक्रमहरु प्रस्तुति भई रहेको छ। शुक्रबार पनि पब्लिक स्कुलको खेल मैदानमा लोक दोहोरी कार्यक्रम भएको हो ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको प्रमुख आतिथ्यतामा भएको लोक दोहोरी कार्यक्रममा लोक भाकालाई मनपराउने दर्शकको उपस्थिति रहेको थियो। लोक दोहोरी कार्यक्रममा ८ वटा समुहले भाग लिएको कार्यक्रम सञ्चालक टिकाराम घिमिरेले बताए । उक्त लोक दोहोरी साँस्कृतिक कार्यक्रमले स्थानीय लोकभाकाको संरक्षण र प्रवर्द्धनमा टेवा पुग्नेछ भन्ने उदेश्यले यस्ता किसिमका कार्यक्रमहरु समावेश गरिएको जानकारी उक्त कार्यक्रमका संयोजक समेत रहेका धरान वडा नम्बर – १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिए ।

उक्त सम्पन्न लोक दोहोरी कार्यक्रममा सारङगा समूह, पञ्च कन्या समूह, बुढासुब्बा समूह, दन्तकाली समूह, पिण्डेश्व समुह, धरान घण्टा घर समूह , विष्णुपादुका समूह र राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान समुहको सहभागीता रहेको जानकारी कार्यक्रम संयोजक भट्टराईले दिएका छन भने बाध्य बाधक तर्फ पुर्वाञ्चल रेकर्डिङ स्टुडियो ईटहरिको साथ रहेको जानकारी गराए।

छुटाउनुभयो कि ?

मनोरञ्जन समाचार सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
मनोरञ्जन समाचार

परदेशी २ चलचित्र टिम धरानमा

नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता