धरान: फागुन १९ गते भिजन फिटनेस जिमको आयोजनामा धरान नगर स्तरिय जुनियर मिष्टर भिजन पाँचौ च्यापियनसिप २०८० हुने भएको छ।
पत्रकार सम्मेलनमा फिजन फिनेसका संचलाक केशव श्रेष्ठले भने “भिजन फिटनेसको पहिलो प्रस्तुतिको रुपमा २०६८ साल बाट सुरु गरेको थियो टाइटल विजेताहरुमा वेस्ट पोजर, वेस्ट मस्कुलर, वेस्ट इम्प्रुभमेन्ट र वेस्ट टिमले जनहि नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ, प्रतियोगितामा चार तौल समुह ५५, ६०, ६५ र ७० केजि तौल समुह विच प्रतिश्पर्धा हुनेछ, प्रत्येक तौल समुहका विजेताले फाइनल चरणमा उपाधिका लागि प्रतिश्पर्धा गर्नुपर्ने जानकारी दिए।
पाचौं जुनियर च्याम्पियनसिपमा पूर्व विजेताहरुले सहभागिता हुन पाउने छैनन् । प्रतियोगितामा धरान भित्रका फिटनेस सेन्टरका खेलाडीहरुले मात्र सहभागिता हुन पाउनेछन् । प्रतियोगिताका विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार, तृतियले नगद १५ हजार र चौथोले नगद १० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन। भिजन फिटनेसको छैठौ प्रस्तुति अन्तर्गत पाचौं जुनियर भिजन वडिविल्डि च्याम्पियनसिपले जानकारी गराए।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, फिटनेसका सचिव विनोदकुमार नेपाली, कोषाध्यक्ष सिता राई श्रेष्ठ, सदस्य प्रिया देवानलगायतको उपस्थिति रहेको थियो ।