खेलकुद

एन्फा प्रेसिडेण्ट कप सुरु, उद्वाटन खेलमा अल स्टार क्लव बिजयी

कोशी प्रदेश एन्फा प्रेसिडेण्ट कप युु -15 फुटबल खेल प्रतियोगिताको उद्वाटन खेलमा अल स्टार क्लब विजयी ।

काेशी प्रदेश फुटबल संघको पहिलाे पटक अण्डर 15 एन्फा प्रेसिडेन्ट कप धरान-१७ स्थित एन्फा टेक्निकल सेन्टरको फुटबल खेल मैदानमा आज बुधबार शुरु भएकाे छ।
पहिलाे पटक आयाेजना भएकाे प्रतियोगिता काे उद्घाटन खेलमा  अल स्टार फुटवल क्लव धरानले  विजय सुरूवात गरेकाे छ । माेरङकाे विराट ट्रेनिङ सेन्टरलाई शुन्यका विरूद्ध १ गाेलले पाखा लगाउदै अल स्टारले विजयी सुरूवात गरेकाे हाे । अल स्टारकाे लागि विष्णु सुनुवार ले १ मात्र निर्णायक गाेल गरेका थिए । ६० मिनेटकाे खेलमा म्यान अफ दि म्याच सुनुवारले खेलकाे ३३ औ मिनेटमा गाेल गरेका थिए । उनले नगद १ हजार सँगै एनि कम्पनीकाे जर्सि समेत प्राप्त गरेका छन ।

पाैष ६ गते सम्म चल्ने प्रतियोगिता आज बिहिवार   धुर्वतारा स्पाेटिङ क्लब झापा र न्यु स्टार क्लब सुनसरि आमने सामने हुनेछन् ।  काेशि प्रदेशका १० टिमकाे सहभागिता रहेकाे प्रतियोगिताकाे उद्घाटन काेशि प्रदेश सभा सदस्य ममता तामाङ ले गरेकि थिईन ।
प्रमुख अतिथिको शुभकामना मन्तब्य दिनेक्रममा साँसद ममता तामाङले आफ्नो तर्फबाट हर किसिमको सहयोग गर्ने बताईन।
त्यसैगरी कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले भने कोशी प्रदेश सङ्घ र प्रदेशका जिल्लाहरूले क्यालेन्डर अनुसार चालु वर्ष ४ वटा प्रतियोगिता गरिसकेको गरेकाे जानकारी दिए भने
एन्फा मानार्थ उपाध्यक्ष समेत रहेका राईले सातै प्रदेशमा प्रतियोगिताको क्यालेन्डर एन्फा सँग भए पनि एन्फा कार्यसमितिले फुटबल गतिविधि गर्न समन्वय नगरेकोमा असन्तुष्टि व्यक्त गरे । सबै जिल्लाहरूमा प्रदेश लिग, जिल्ला लिग कार्यतालिका नआउँदा फुटबल गतिविधि शून्य भएको बताए ।

प्रतियोगितामा प्रदेशबाट धरान फुटबल क्लब, राष्ट्रिय जागृति क्लब इटहरी, न्यु स्टार फुटबल क्लब वराहक्षेत्र, मोरङका उर्लाबारी नगरपालिका, मिल्स भेट्रान क्लब, विराट ट्रेनिङ सेन्टर, झापाको ध्रुवतारा स्पोर्टिङ क्लब, झापा नेशनल एकेडेमी र उदयपुरको गाईघाट फुटबल क्लब सहित १० टिम सहभागी भएका छन्  ।  यु-15 प्रेसिडेण्ट कप फुटबलका विजेतालाई ५० हजार नगद र उपविजेतालाई २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ र व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले जनही २ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रत्येक दिनको खेलका म्यान अफ द म्याचले नगद १ हजार रुपैयाँ पाउने छन् ।
त्यसैगरी सोही आजको उद्घाटन खेल कार्यक्रममा फुटबल खेलाडी समेत रहेका प्रकाश अर्यालको स्वास्थ्य उपचारको लागि जिल्ला फुटबल संघहरुबाट १ लाख १० हजार र कोशी प्रदेश फुटबल संघको तर्फबाट १५ हजार समेत गरि जम्मा १ लाख २५ हजाको आर्थिक सहयोग हस्तान्तरण समेत गरेका छन।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक