समाज

सुनसरीका विभिन्न संघसंस्थाहरुले धर्म गुरु श्रीनिवासाचार्यलाई तत्काल रिहाईको माग

काठमाण्डौंबाट पक्राउ परेको हिन्दु धर्मगुरु श्रीनिवासाचार्यलाई तत्काल रिहाई गर्न सुनसरीका विभिन्न संघसंस्था तथा व्यक्तिहरुले माग गरेका छन् । विभिन्न संस्था तथा व्यक्तिहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै उनको रिहाईको माग गरेका हुन् ।

सरकार विदेशी मिशनरीको इशारामा चलेर हिन्दुहरुमाथि बारम्बर निमर्म हुदै गएको पनि उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ । गौ हत्यारालाई कारबाही नगर्नु, पुरात्तात्विक मन्दिरका सामुन्ने चर्च बनिरहदा पनि राज्य मुकदर्शक भएर बस्नुले विदेशी मिशनरीको हितमा राज्य रहेको आशंका पुष्टि हुने पनि विज्ञप्तीमा उल्लेख छ ।

हिन्दु राष्ट्र निर्माण अभियान चलाइरहेका श्रीनिवास विवादास्पद छन् । उनले धार्मिक, सामाजिक सद्भाव भड्किने गरि अभिव्यक्ति दिएको आरोपमा यसअघि पनि पक्राउ परेका थिए । साथै उनी विगतमा आफैलाई गोली हान्न लगाएको अभियोगमा पनि पक्राउ परेका थिए । पछिल्लो समय उनलाई प्रहरीले मंसिर ११ गते काठमाण्डौंको गौशालाबाट पक्राउ गरेको थियो

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले