वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित बाक्सिङटार र सिलपाखा टोलमा मोटर बाटो पुर्याउन बाटोको ट्राक खोल्ने कार्य सुरु गरिएको छ ।
हालसम्म मोटर बाटो नपुगेको बाक्सिङटार र सिलपाखा टोललाई वराहक्षेत्र मन्दिर स्थित तमोर करिडोेरबाट मोटर बाटोले जोडन ट्राक खोल्ने कार्य नगर प्रमुख रमेश कार्कीले बुधबार श्रमदान अभियान मार्फत उद्घाटन गरेका छन् ।
वडा नं १ का अध्यक्ष किसन मगर , सशस्त्र प्रहरी बल चतरा बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी निरिक्षक बिगबहादुर गोले सहितको टोली ,स्थानिय वडा सदस्यहरु , प्राबिधिक सहित बाटोको ट्राक खोल्ने कार्यको उद्घाटन गर्न श्रमदान अभियानमा आएका नगर प्रमुख कार्कीलाई स्थानिय वराहक्षेत्र मन्दिरबासि , बडाबासिसंगै बाक्सिङटार , सिलपाखाका स्थानियले सहयोग समेत गरेका थिए ।
एक महिना अगाडि नगरपालिकाका प्राविधिक लिएर नगर प्रमुख रमेश कार्की र वडा नं १ का अध्यक्ष किसन थापा मगर मोटर बाटोको ट्र्याक खोल्ने कार्यको अध्ययनका लागि गाउँमा आएर फर्कनु भएको थियो ।
हाम्रो समस्या बुझेर उहाँहरु बुधबार ट्राक खोल्ने कार्यकोलागि श्रमदान अभियान लिएर आउनु भयो हामी पनि सहभागी भएउ स्थानिय बिक्रम देबचन्द्र राईले बताए ।
उन्नले भन्ने गाउको बिकाशमा जोडिन पाइयो खुशी लागेको छ । श्रमदान अभियानसंगै नगरपालिकाले बिनियोजन भएको बजेटको सहि सदुपयोग गरेर बाटो निर्माण हुनेछ ।
हामी पनि श्रमदान अभियानमाबाट काम गर्ने छौ ।
बुधवार प्राविधिक सहित वडा अध्यक्ष र नगर प्रमुख गाउँमा मोटर बाटो पुर्याउने योजना सहित ट्राक खोल्न श्रमदानमा आउदा खुसी लागेको छ । अब चैँ हाम्रो समस्या समाधान हुन्छ जस्तो लागेको छ । नगर प्रमुख आफै प्राविधिक लिएर मोटर बाटोको लागि ट्र्याक खोल्ने योजना लिएर आउँदा हामी धेरै खुसी छौ । हामी पनि श्रमदान गरेउ उन्नले भन्ने
दुई टोलमा गरेर करिब ३० घर रहेको उक्त गाउँ वराहक्षेत्र नगरपालिको सिरानमा रहेको छ । वराहक्षेत्र मन्दिरबाट करिब ३ किलोमिटरको दुरीमा रहेको उक्त गाउँमा मोटर बाटो पुर्याउने योजना अनुसार ट्र्याक खोल्न सुरु गरिएको नगर प्रमुख रमेश कार्कीले बताए । नगर प्रमुख कार्कीले भन्ने , मोटर बाटोको ट्राक खोल्न स्थानीयहरूको सहभागितामा भएको छ ।
नगरपालिकाले १० लाख समेत उक्त योजनामा राखेका छौ । योजनालाइ सफल र जनसहभागिताकालागि श्रमदान अभियान सुरु गरेका हौँ ।दसैँ अगाडि नगरका प्राविधिकहरूले निरीक्षण गरेका थिए । प्राविधिकहरूको अध्ययन पछि ट्राक खोल्ने काम सुरु गरेका हौ ।
अभियानमा स्थानिय जनप्रतिनिधि, वडाबासि, प्रहरी , सशस्त्र प्रहरी , नगर प्रहरी तथा स्थानियहरुको सहभागिता रहेको थियो।