महेन्द्र बहुमुखी क्याम्पस धरानका स्ववियु सभापति युवराज राईलाई आक्रमणको प्रयास गर्नेहरु इलाका प्रहरी कार्यलय धरानमा मिलापत्र गरे पछि छुनेका छन ।
आक्रमण प्रयास गर्ने विद्यार्थी नेता उमेश परियारसहित तीनै जनाले माफी मागेपछी आज प्रहरी नियन्त्रणबाट छुटेका हुन् । क्याम्पसले निकालेको छात्रवृत्तिको सुचनाबारे विवाद हुँदा मंगलबार परियारले घरबाट घरेलु हतियार ल्याएर आक्रमण प्रयास गरेपछि पक्राउ परेका थिए । उनीसँगै रहेका अन्य २ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । परियार क्याम्पसका पुर्वस्ववियु सदस्यसमेत हुन् ।
उक्त घटनाबारे राजनीतिक दलका नेतृत्वहरुबीच छलफल गरेर सहमति भएपछि प्रहरी कार्यालयमा मिलापत्र भएर छुटेका छन् । परियार एमाले निकट अनेरास्ववियु सम्बद्ध छन् भने स्ववियु सभापति राई जनता समाजवादी पार्टी सम्बद्ध हुन् । दुवै पार्टीको धरान नगर नेतृत्वसमेत छलफलमा बसेर पछि । वडा नं १० का वडाअध्यक्ष विवेक राईको रोबरमा मिलापत्र भएको थियो।