समाज

आदिवासी जनजातिले गरे संयुक्त सभा, प्रदेशको नाम कोशी खारेजको माग

इटहरी : आदिवासी जनजाति महासङ्घले कोशी प्रदेशको नाम खारेजीको माग गर्दै इटहरीमा संयुक्त सभाको आयोजना गरेको छ । प्रहरीको कडा सुरक्षाका बिच इटहरी पश्चिम लाइनमा ९ जनजाति सङ्घको आयोजनामा सभा सम्पन्न भएको हो ।

आदिवासी जनजाति महासङ्घका अध्यक्ष ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यमा प्रदेश भरिका जनजातिहरू भेला भएका छन् । ऐतिहासिक सभ्यता सहित पहिचानको आधारमा सबै प्रदेशको नामकरण गर्नुपर्ने उनीहरूको माग छ । संविधानमा उल्लेख भए अनुसार स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्र कायम गर्नुपर्ने बताइएको छ ।

थारु आन्दोलनमा आदिवासी जनजाति माथि लगाइएको झुटा मुद्दा खारेजीको माग गर्दै महासङ्घहरूले सङ्घीयता र धर्मनिरपेक्षता माथिको प्रहार बन्द गर्न आह्वान गरेका छन् ।

विगतको सरकारले प्रदेशका मूलवासीमाथि सामाजिक तथा सांस्कृतिक विभेद गरेको भन्दै त्यसलाई सच्याउन माग गरिएको छ । ९ जातीय सङ्घ संस्थाहरूले ऐक्यबद्धता जनाएको कार्यक्रममा सम्पूर्ण आदिवासी जनजातिहरू एक भएको सन्देश प्रवाह गर्ने प्रयास भएको छ ।

कोशी प्रदेश नामाङ्कन भएपछि आदिवासी जनजातिहरू पहिचानको आधारमा नामाङ्कन हुनुपर्ने भन्दै आन्दोलनमा उत्रिइरहेका छन् । लामो समयदेखि स्थगित भएको आन्दोलनका कार्यक्रम पुनः सुरु भएका छन्।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले