खेलकुद

डीआईजीपी रनिङ कपको आठौँ संस्करण पुस ३ देखि, विजेतालाई १ लाख ५ रुपैयाँ

धरान: नेपाल पुलिस स्कुल धरानको आयोजनामा कोशी प्रदेशस्तरीय अन्तरविद्यालय डीआईजी रनिङ कप फुटबल प्रतियोगिताको आठौँ संस्करण पुस ३ गतेदेखि सञ्चालन हुने भएको छ। प्रतियोगिता पुस ११ गतेसम्म सञ्चालन हुनेछ।
आयोजकले शुक्रबार पत्रकार सम्मेलन गर्दै ‘फेयर प्ले फर फ्रेन्डसिप’ नारासहित प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो।
२०५८ सालदेखि सुरु भएको डीआईजी कप विभिन्न कारणले छैटौँ संस्करणपछि स्थगित भएको थियो। लामो समय रोकिएको प्रतियोगिता २०८२ सालमा पुनः सञ्चालनमा आएको हो। पुनः सञ्चालनपछि यस वर्ष आठौँ संस्करण आयोजना गर्न लागिएको हो।
विद्यालय तहबाटै फुटबल खेलको विकास, प्रतिभावान् खेलाडीको पहिचान तथा भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजकले बताए। विद्यार्थीमा अनुशासन, खेल भावना, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको विकास गर्नु पनि प्रतियोगिताको उद्देश्य रहेको उनले बताए।
प्रतियोगितामा कोशी प्रदेशका छनोट भएका १६ विद्यालयका टिम सहभागी हुनेछन्। पहाडी क्षेत्र तथा सामुदायिक र सरकारी विद्यालयलाई विशेष प्राथमिकता दिइने प्रहरी निरीक्षक अनिता महतले जानकारी दिइन्।
प्रतियोगितामा २०६७ मंसिर २८ गते वा सोभन्दा पछि जन्मिएका कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन पाउनेछन्। एन्फाको यू–१४ तथा यू–१६ लिग खेलेका र राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका खेलाडी भने सहभागी हुन पाउने छैनन्।
खेलाडीको उमेर प्रमाणीकरणका लागि जन्मदर्ताको सक्कल प्रति, विद्यालयको आधिकारिक परिचयपत्र अनिवार्य गरिएको छ। गलत विवरण पेस गरेको पाइएमा सम्बन्धित टिमलाई दुई वर्षसम्म प्रतियोगितामा प्रतिबन्ध लगाइनेछ।
प्रतियोगिताका खेल नेपाल प्रहरी प्रदेश कार्यालय धरानको फुटबल मैदानमा सञ्चालन हुनेछन्। एन्फा तथा फिफाका प्रचलित नियमअनुसार खेलाइने प्रतियोगिताका लिग तथा नकआउट चरणका खेल ३५–३५ मिनेटका हुनेछन् भने सेमिफाइनल र फाइनल खेल ४०–४० मिनेटका हुनेछन्।
प्रतियोगिताको विजेताले नगद एक लाख पाँच रुपैयाँसहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार पाँच रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। गत वर्षको तुलनामा यस वर्ष विजेताको पुरस्कार राशि २० हजार र उपविजेताको नौ हजार रुपैयाँ वृद्धि गरिएको छ।
त्यस्तै, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता र राइजिङ प्लेयरलाई विधागत पुरस्कार प्रदान गरिनेछ। प्रत्येक खेलको म्यान अफ द म्याच तथा व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीलाई नेपाल पुलिस स्कुल धरानमा कक्षा ११ मा भर्ना हुँदा ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइनेछ।
प्रतियोगिताको विजेता टोलीले रनिङ ट्रफी एक वर्षसम्म राख्न पाउनेछ। एक वर्षपछि ट्रफी आयोजकलाई फिर्ता बुझाउनुपर्ने र त्यसको सट्टामा रिपब्लिक ट्रफी प्रदान गरिने विद्यालयले जनाएको छ।

प्रतियोगितामा सहभागी सबै टिमका खेलाडीको सुरक्षा बिमा गरिनेछ। प्रतियोगिताको उत्कृष्ट समाचार सम्प्रेषण गर्ने एक जना सञ्चारकर्मीलाई नगद पाँच हजार पाँच रुपैयाँसहित सम्मानपत्र प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी हुन मंसिर ११ देखि २८ गतेसम्म टिम दर्ता गर्न सकिनेछ। पहिले दर्ता गर्ने टिमलाई प्राथमिकता दिइनेछ भने दर्ता शुल्क आठ हजार रुपैयाँ तोकिएको छ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक