धरान विशेष

विद्यार्थी आन्दोलनमा ‘अमानवीय गतिविधि’ भएको भन्दै प्रहरीलाई छानबिन माग

धरान: शिक्षक सरुवा तथा शिक्षक पदपूर्तिको विषयलाई लिएर धरान उपमहानगरपालिकामा भएको विद्यार्थी आन्दोलनका क्रममा ‘अमानवीय, गैरकानुनी तथा अमर्यादित’ गतिविधि भएको भन्दै उपमहानगरपालिकाले प्रहरी छानबिन माग गरेको छ।
उपमहानगरपालिकाले असोज १० र ११ गते नगर कार्यपालिकाको कार्यालयमा भएको आन्दोलनका क्रममा अनशनमा बसेका विद्यार्थीको जीवन, स्वास्थ्य तथा व्यक्तिगत सुरक्षामा प्रतिकूल असर पर्ने गरी अमानवीय गतिविधि भएको भन्दैबिहीबार इलाका प्रहरी कार्यालय धरानलाई निष्पक्ष र स्वतन्त्र छानबिन गर्न पत्र पठाएको हो।
प्रमुख प्रशासकीय अधिकृत तीर्थराज राईले असोज १५ गते पठाएको पत्रमा घटनामा संलग्न व्यक्तिको पहिचान गरी प्रचलित कानुनबमोजिम आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउन प्रहरीलाई अनुरोध गरिएको छ।
उपमहानगरपालिकाले प्रहरीलाई पठाएको पत्रमा घटनाको प्रकृति र संलग्न व्यक्तिबारे विस्तृत विवरण भने खुलाएको छैन। पत्रमा विद्यार्थीको जीवन तथा स्वास्थ्यमा असर पर्ने गरी ‘अमानवीय, गैरकानुनी तथा अमर्यादित प्रकृतिका कार्य भएको भन्ने’ विषयमा छानबिन गर्न आग्रह गरिएको छ।
अब प्रहरीको छानबिनबाट आन्दोलनका क्रममा के–कस्ता गतिविधि भए, त्यसमा को–को संलग्न थिए र कानुनविपरीत कार्य भएको हो वा होइन भन्ने विषय स्पष्ट हुने अपेक्षा गरिएको छ।
उपमहानगरपालिकाले घटनाको निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिको पहिचान तथा कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाउन प्रहरीलाई आग्रह गरेको छ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।