
धरान: एथर इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक बैद्य इनर्जीले धरानमा नयाँ शोरुम एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ।
बुधबार धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्र विक्रम बेघाले धरान–छाताचोकस्थित कम्पनीको १३औँ शोरुमको उद्घाटन गरेका हुन्।
पूर्वी नेपालका ग्राहकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको एक्सपेरियन्स सेन्टरमा एथरका ४५० सिरिज, नयाँ जेनेरेशनको ४५० एक्स ओभरटोन सिरिज तथा पारिवारिक स्कुटर रिज्टा अवलोकन तथा टेस्ट राइड गर्न सकिने कम्पनीले जनाएको छ।
शोरुम उद्घाटनको अवसरमा कम्पनीले भदौ २३ गतेसम्म लागू हुने विशेष योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत ग्राहकले एक्सटेन्डेड ब्याट्री वारेन्टी, ५० प्रतिशत डाउनपेमेन्टमा शून्य प्रतिशत ब्याजदर तथा ८ हजार रुपैयाँसम्मको अतिरिक्त मूल्यांकन सुविधा पाउनेछन्।
बैद्य इनर्जीले एथरका स्कुटर खरिदमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्म ७० प्रतिशत ब्याट्री हेल्थको ग्यारेन्टी उपलब्ध गराउँदै आएको जनाएको छ। कम्पनीका अनुसार नेपालभर १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर र ५० भन्दा बढी फास्ट चार्जिङ पूर्वाधार निर्माण भइसकेका छन्।
उक्त चार्जिङ पूर्वाधारबाट एथर स्कुटरलाई करिब ४५ मिनेटमा शून्यदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।

